धरानका गायक एपी शेर्पा चौथो एकल एल्बम संकल्पको तयारीमा जुटेका छन्। एल्बमको 'गरौँ संकल्प, गरौँ अठोट, गरौँ प्रण पनि' बोलको राष्ट्रिय भावको गीत भने एल्बम बजारमा आउनुअघि नै चर्चामा छ।
एल्बमअगाडि नै रिलिज भएको यो गीतले नेताहरूलाई समयमै संविधान निर्माणका लागि संकल्प गर्न आग्रह गरेको छ। नरेश भट्टराईले लेखेको यो गीत पूर्वमा अहिले चर्चामा छ।
एल्बममा 'यात्राभरि तिमीले मलाई बनायौ सिरानी', 'जिन्दगीका जँघारहरू सँगसँगै तर्न पाऊँ' लगायत गीत समेटिनेछन्।प्रकाशित: १ माघ २०७१ ११:३९ बिहीबार





