६ माघ २०८२ मंगलबार
image/svg+xml
अन्य

काटीकुटी हिट्लर

जर्मनका प्रसिद्ध राजनेता एवं तानाशाह एडोल्फ हिट्लरले युद्धको अन्त्यतिर आत्महत्या गरेका थिए। बंकरमा उनले श्रीमती इभा ब्राउनसँगै आफूलाई गोली हानेर आत्महत्या गरेका थिए।
तर, कोसोभोमा पुग्नेहरूले त्यहाँ हिटलरलाई अहिले पनि देख्न पाउँछन्। किनकि, त्यहाँका एक व्यक्ति काटीकुटी हिट्लरजस्तै छन्। उनको शारीरिक बनावट, जुँगा, अनुहार जम्मै हिट्लरसँग मिल्दाजुल्दा छन्।एमिन दजिनोब्की आफूलाई हिट्लरको नयाँ अवतार बताउँछन्। 'पूर्वजन्ममा म हिट्लर थिएँ। म हिट्लरकै अर्को जन्म हुँ,' उनी भन्छन्। उनी हिट्लरको आत्मकथा 'माई केम्फ' बोकेर डुलिहिँड्छन्।
हिट्लरका यी 'फोटोकपी'लाई देख्दा मानिस चकित हुन्छन्। उनीसँग फोटो खिचाउन उनीहरू लालायित हुने गरेका छन्। यसरी फोटो खिचाउनेहरूले 'हिट्लरसँग मेरो पोज' भनेर सामाजिक सञ्जालमा राख्ने काम पनि गर्छन्।
हिट्लरजस्तो देखिनु उनलाई फाइदाजनक भएको छ। कसैसँग फोटो खिचाएबापत उनी करिब सात हजार रुपैयाँ लिने गर्छन्। अनुहारकै कारण उनले गरिखाने राम्रो बाटो फेला पारेका छन्।
'मेरा छजना छोरी छन्,' उनी भन्छन्, 'छिमेकी उनीहरूलाई हिट्लरका सन्तान भन्छन्। यसो भनेको सुन्दा मलाई गौरव महसुस हुन्छ, आनन्द आउँछ। किनकि, हिट्लरले कोसोभोलाई सर्बियाबाट अलग गर्न लडाइँ लडेका थिए। उनले जस्तै मैले पनि आफ्नो देशको स्वतन्त्रताका लागि लडेको छु। त्यसैले पनि म हिट्लरको अर्को जन्म हुँ।'

प्रकाशित: १८ पुस २०७१ १०:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App