काठमाडौं- राजधानीको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा १८ औं सार्क शिखर सम्मेलनको उद्घाटन सत्र सम्पन्न भएको छ। यस अघि सार्कका राष्ट्रप्रमुख तथा सरकारप्रमुखले सम्वोधन गरेका थिए। भने परिवेक्षक देशका प्रतिनिधिहरुले पनि बोलेका थिए। सम्मेलनका अध्यक्ष माल्दिभ्सका राष्ट्रपति अब्दुल्लाह यमिनले दुईदिने सार्क सम्मेलन सुरु भएको घोषणा गरेपछि नेपालका प्रधानमन्त्री सुशील कोइरालाले पानसमा बत्ती बालेर सम्मेलनको उद्घाटन गरेका थिए। प्रधानमन्त्री कोइरालाले स्वागत सम्बोधन गरेपछि सुरु भएको सरकार/प्रमुखहरुले सम्बोधन गर्ने क्रम सुरु भएको हो।
यसअघि पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले शिखर सम्मेलनलाई सम्बोधन गर्दै द्वन्द मुक्त सार्कको लागि राष्ट्रिय तथा क्षेत्रियरुपमा विशेष पहल गर्नु पर्ने बताए। श्रीलंकाका राष्ट्रपति महिन्दा राजापाक्षले गरिबी, जलवायु परिवर्तन, मानव अधिकारको क्षेत्रमा सार्क सदस्यहरुले अहिले भन्दै दोब्वर काम गर्नु पर्ने बताए। अफगानिस्तानका राष्ट्रपति असरफ घानीले शान्ति र सम्वृद्विमा जोड दिए।प्रकाशित: ९ मंसिर २०७१ २१:४४ मंगलबार





