९ चैत्र २०८२ सोमबार
image/svg+xml
अन्य

मोदीद्वारा सेनालाई हेलिकप्टर हस्तान्तरण

काठमाडौं-भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली सेनालाई एयर टू मिसाइल हेलिकोप्टर हस्तान्तरण गरेका छन्। भारतले १४ सिट भएको 'एएलएच ध्रुव मार्क थ्रि' हेलिकप्टर सहयोग स्वरुप नेपाली सेनालाई दिएको हो।
नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको एक समारोहबीच हेलिकप्टर हस्तान्तरण गरेका हुन्। मोदीले हेलिकप्टर प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरेका थिए भने त्यसपछि कोइरालाले प्रधानसेनापति गौरव शम्शेर जबरालाई।
विगतमा नेपाल र भारतबीच भएका सहमति अनुसार उक्त हेलिकप्टर नेपाललाई सहयोग स्वरुप उपलब्ध गराइएको हो। उक्त हेलिकप्टर हिन्दुस्तान एरोनोटिक्स लिमिटेडले निर्माण गरे हो। सन् २०१२ मा निर्माणपछि ग्राउन्ड टेस्ट गरिएको सो हेलिकोप्टर आक्रमणको उद्देश्यका लागि भारतीय सेनाले प्रयोग गर्दै आएको छ।
चालक दलका दुई जनासहित कुल १६ सिट क्षमताको उक्त हेलिकोप्टरले मुलुकका पहाडी तथा हिमाली जिल्लामा सहजै रूपमा उडान भर्न सक्छ । एक हजार ५०० किलोग्राम बराबरको तौलको सरसामान भारबहन गर्न सक्ने यो हेलिकप्टरले समुद्र सतहदेखि २२ हजार ९६० फिटसम्म उडान लिन सक्छ। यसमा चार स्ट्रेचर र दुई चिकित्साकर्मी रहन सक्ने छन्। प्रतिघन्टा ३२० लिटर इन्धन उपभोग गर्ने यो हेलिकप्टर हिन्दूस्तान एरोनोटिकल लिमिटेडबाट निर्माण भएको हो।

प्रकाशित: ९ मंसिर २०७१ ०५:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App