९ चैत्र २०८२ सोमबार
image/svg+xml
अन्य

६५ हजार नक्कली भारु सहित भारतीय पक्राउ

झापा– प्रहरीले पूर्वी नाका काँकडभिट्टाबाट नक्कली भारु नोटसहित एक जनालाई पक्राउ गरेको छ। भारत मालदहका २८ वर्षे अनिकुल शेखलाई सोमबार राति ८ बजे ६५ हजार रुपैयाँसहित प्रहरीले पक्रेको हो।काँकडभिट्टा प्रहरी प्रमुख डिएसपी अर्जुन तिमिल्सनाका अनुसार उनको साथबाट ५ सय का १ सय १६ वटा र एक हजार दरका ७ वटा जाली नोट बरामद भएको छ।

'शुरुमा शंका लागेर नियन्त्रणमा लियौं', उनले भने 'पछि नेपाल बैंकले पनि नक्कली नोट हो भनेर पुष्टि गर्योछ।' अभियुक्तले नोट आफूले कोलाकाताबाटल्याएको बताएका छन् ।

प्रकाशित: १८ कार्तिक २०७१ ०४:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App