१० चैत्र २०८२ मंगलबार
image/svg+xml
अन्य

१५ वर्षपछि फर्किए भीम तुलाधर

काठमाडौं- गायक भीम तुलाधरले १५ वर्षपछि संगीतमा पुनरागमन गरेका छन्। २०५६ सालमा 'सम्झना' शीर्षकको एल्बम निकालेपछि संगीतमा खासै सक्रिय थिएनन् तुलाधार। उनले एल्बमको नाम 'अन्तराल' जुराएका छन्। २०४० को दशकपछि नेपालमा लोकप्रिय बनेको पप संगीतका पहिलो छिमलका गायक भीम तुलाधरले २०४१ सालमा 'भनिदेऊ मायालु' बोलको गीतबाट गायन थालेका थिए। त्यसपछि 'मायालुलाई', 'सपनीमा', 'जः', 'जिजिविषा' र 'स्फटिक भाग एक र दुई' गरी आठ एल्बम निकालेका तुलाधर २०६० को दशकमा संगीतबाट पूरै बिरानो बने। संगीतको माहोल फेरिएकोले उक्त अवधिभर विश्राम लिएको बताए। 
'म्युजिक भिडियोका कारण संगीत हेर्दाहेर्दै धेरै खर्चिलो भयो। गीत रेकर्ड गर्नभन्दा एउटा भिडियो बनाउन धेरै खर्च लाग्न थाल्यो,' तुलाधरले भने, 'जोखिम धेरै भएपछि सक्रियता अलि कम भएको हो।'
उनको 'अन्तराल'मा आठवटा गीत र चारवटा म्युजिक ट्रयाक गरी १२ गीत अटाएका छन्। समसामयिक भाव समेटिएका गीतहरुलाई तुलाधरले प्राथमिकता दिएका छन्। एल्बममा भीम तुलाधर, जेम्स प्रधान र अजय क्रान्ति शाक्यका संगीतमा हिराकाजी थापा, कविन्द्र शाक्य, काकाभाइ महेन्द्र र अजय क्रान्ति शाक्यका शब्द सुन्न पाइन्छ। एल्बमलाई अन्नपूर्ण क्यासेट सेन्टरले बजारमा ल्याएको हो।

प्रकाशित: २६ आश्विन २०७१ २२:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App