२५ पुस २०८२ शुक्रबार
image/svg+xml
अन्य

युवतीमाथि चक्कु प्रहार

गोरखा- तनहुँको डुम्रे बजारमा एक युवाले गोरखाकी एक युवतीलाई चक्कु प्रहार गरेका छन्। लमजुङ-७, बाँझफाँटका २६ वर्षीय दिपक रिमालले गोरखा पालुङटार-२, की सोबिता देवकोटालाई चक्कु प्रहार गरेका हुन्।

डुम्रेको प्रेम होटलमा बसिरहेका बेला समान्य विवाद भएपछि रिमालले एक्कासी चक्कु झिकेर युवतीको दुबै हातमा प्रहार गरेको प्रहरीले जनाएको छ। युवती चिच्याएपछि रिमालले आफ्नै पेटमा चक्कु हानेका थिए। हो-हल्ला भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका हुन्। रिमालको पेटमा गम्भीर चोट लागेको छ।

युवकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दुबैलाई लक्ष्मी अस्पताल डुम्रेमा समान्य उपचारपछि थप उपचारका लागि गण्डकी अञ्चल अस्पताल पोखरा रेफर गरिएको छ। घटनाबारे थप केही नखुलेको र अनुसन्धान भइरहेको डुम्रेका प्रहरी निरीक्षक राजकुमार सिलवालले बताए।

प्रकाशित: २ असार २०७१ ०४:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App