यौन दुर्व्यबहार गरेको आरोपमा सैनिक अदालतले गत चैत २५ गते एक वर्षको कैद सजाय सुनाएका जवान बस्नेतलाई कारागार शाखा दिक्तेल पठाइएको छ। बस्नेतलाई भविष्यमा कुनै पनि सरकारी जागिरमा अयोग्य ठहरिने र हालसम्म पाउनुपर्ने सेवासुविधा नपाउनेगरी जागिरबाट निलम्बन गरिएको गणले जनाएको छ।
महिला सञ्चारकर्मीमाथि गत चैत २१ गते साँझ दिक्तेल–६ थामखोरे जङ्गलमा बलात्कारको प्रयास गरेको भन्दै भोलिपल्टै प्रहरीमा उजुरी परेको थियो। बस्नेतलाई जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी गोविन्दकुमार शाहको नेतृत्वमा गएको प्रहरीले घटनाको तत्कालै नियन्त्रणमा लिएको थियो।
प्रकाशित: २ असार २०७१ ०४:०५ सोमबार





