प्रहरीले जनकपुर –९ का चन्दनकुमार झा र जनकपुर –सुमितकुमार झालाई पक्राउ गरेको हो। जनकपुर–बहुअर्वा सडक खण्डमा आफु प्रहरी भएको भन्दै पैसा असुलिरहेको गुनासो जिल्ला प्रहरी कार्यालयमा आएपछि उनीहरु पक्राउ परेका हुन्। उनीहरु विरुद्ध प्रहरीको प्रतिवेदनबाट सार्वजनिक अपराधको मुद्दा चलाउने जिल्ला प्रहरी कार्यालय मुद्दा फाँटका इन्चार्ज इन्स्पेक्टर हरिनन्दन चौधरीले बताए।
प्रकाशित: २४ जेष्ठ २०७१ ०५:१३ शनिबार





