६ माघ २०८२ मंगलबार
image/svg+xml
अन्य

दुई नक्कली प्रहरी पक्राउ

 जनकपुरधाम- नक्कली प्रहरी बनी सर्वसाधारणको मोटरसाइकल चेकजाँच गरी रकम उठाइरहेको दुई जनालाई आज बिहान धनुषा प्रहरीले पक्राउ गरेको छ।

 पक्राउ पर्नेमा जनकपुर नगरपालिका वडा नं ९ बस्ने चन्दनकुमार झा र वडा नं १३ बस्ने सुमितकुमार झा रहेका छन्।

 झाद्वयले आफू प्रहरी हो भन्दै रामपुर–बहुअर्वा जाने बाटोमा रहेको रामपुर गाछीमा मोटरसाइकल चेकजाँच गर्ने भन्दै सर्वसाधारणसँग रकम उठाइरहेका थिए।

 सर्वसाधारणकै सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। झाद्वयले सर्वसाधारणसँग करिब रु ३०० उठाएका थिए।

प्रकाशित: २४ जेष्ठ २०७१ ०१:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App