कमलले आफ्नै कीर्तिमान सुधार्दा स्न्याचमा १ सय १७ र क्लिनमा १सय ५७ गरी कुल २ सय ७४ केजी तौल उचाले । उनकै नाममा स्न्याचमा १ सय १६, क्लिन एन्ड जर्कमा १ सय ५६ र कुलमा २ सय ७२केजीको कीर्तिमान थियो।
आर्मीका दिनेश श्रेष्ठले पनि ९४ केजीतर्फ स्न्याचमा कीर्तिमान राखे। उनले स्न्याचमा १ सय १२ केजी उचाल्दै १११ केजीको कीर्तिमानमा सुधारे। उनले क्लिन एन्ड जर्कमा १ सय ३५ सहित कुल २ सय ४७ केजी उचाले।
कमल, तारादेवी र दिनेशले प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसिपअन्तर्गत भएको राष्ट्रिय भारोत्तोलनमा कीर्तिमान बनाएका थिए।
महिला ५८ केजीमा पुलिसकी उत्तम खत्रीस्न्याचमा ६३ र क्लिन एन्ड जर्कमा ७५ गरी जम्मा १ सय ३८ केजी उचाल्दै पहिलो भइन्।
६३ केजीमा सप्तरीकी शान्ति चौधरी तीनैपटक निर्धारित तौल उचाल्न नसक्दा 'वासआउट' भइन्।
पुरुष ५६ केजीमा बाँकेका प्रकाश केसी स्न्याचमा ८५ र क्लिनमा १ सय७केजी उचाल्दै पहिलो भए। ६२ केजीमापुलिसका विकास थापाले स्न्याचमा १ सय ८ र क्लिनमा १ सय २४ केजीतथा आर्मीका भैरवसिंह थापाले ८५ केजीतर्फ स्न्याचमा ९५ र क्लिनमा १ सय २५ केजीउचाले ।
पुरुष १०५ केजीमाआर्मीका गगनसिंह ओलीले स्न्याचमा १ सय र क्लिनमा १ सय ३२ केजी उचाले। १०५ केजी माथि गोपालबहादुर श्रेष्ठ पहिलो भए। उनले स्न्याचमा १ सय १५ र क्लिनमा १सय ५४ केजी उचाले।
प्रतियोगितामा उत्कृष्ट भएकाबाट इन्चोन एसियाडलाई शनिबार टिम छनोट गर्ने भारोत्तोलन संघका उपाध्यक्ष सुरेन्द्रबहादुर हमालको बताए।
प्रकाशित: २३ जेष्ठ २०७१ २१:०३ शुक्रबार





