६ माघ २०८२ मंगलबार
image/svg+xml
अन्य

प्रहरी हिरासतमा युवतीद्वारा आत्महत्याको प्रयास

कञ्चनपुर- बैंकबाट कीर्ते दस्तखत गरी रकम झिकेको आरोपमा पक्राउ परेकी भीमदत्तनगरपालिका–१८ बस्दै आएकी २० वर्षीया रुक्मणी विष्टले शुक्रबार प्रहरी हिरासतमै आत्महत्याको प्रयास गरेकी छन्।


जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको थुनुवा कोठामा रुक्मणीले शुक्रबार सांझ ब्ल्याङ्केटले पासो लगाई आत्महत्याको प्रयास गरेकी थिइन। तत्कालै गार्ड कमान्डरले पासो लगाएकोे थाहा पाउने बित्तिकै पासो काटेर बचाएको प्रहरी नायब उपरीक्षक विश्व अधिकारीले बताए।

बेहोस अवस्थामा रहेकी रुक्मणीलाई महाकाली अञ्चल अस्पतालमा तत्काल उपचारका लागि भर्ना गरे पनि उपचार हुन नसकेपछि थप उपचारका लागि भारतको खटिमा तर्फ लगिएको र हाल युवतीको अवस्था सुधारोन्मुख रहेको उपरीक्षक अधिकारीले जानकारी दिए।
 
महेन्द्रनगरको शुक्लाफाँटा सञ्जीवनी बोर्डिङ स्कुलमा शिक्षिकाका रुपमा कार्यरत रुक्मणी ले कीर्ते दस्तखत गरी बैंकबाट रकम झिकेको भन्दै विद्यालयका सञ्चालक नन्दा जोशीले रुक्मणी विरुद्ध प्रहरीमा उजुरी गर्नुभएको थियो। उजुरीपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो।

प्रकाशित: १७ जेष्ठ २०७१ ०१:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App