कुटनीतिक भेषमा बसेर जासुसी गरेकाहरुको रिपोर्टका आधारमा नेपाल र गोर्खालीको इतिहास तयार भएकाले त्यो सत्य बन्न नसकेको समीक्षक गनेस पौडेलले बताए। ‘मनोजले त्यस्तो इतिहासको पुनर्लेखन सुरु गरेका छन्,' उनले भने। पौडेलले १० वर्षसम्मका दूधे बालक गोर्खालीलाई ब्रिटिसले भर्तीमा लिएर शोषण गरेको लगायत तथ्य उजागर गर्न पुस्तक सफल रहेको टिप्पणी गरे। अर्का समीक्षक दीपेन्द्र श्रेष्ठले ब्रिटिसले गोर्खालीको जिउलाई भन्दा राइफल र बन्दुकको सुरक्षालाई महत्व दिने गरेको लगायत प्रशंगबाट नेपालीमाथिको शोषण र विभेद पुस्तकले मर्मस्पर्शी तरिकाले समेटेको बताए। उनले भने, ‘ब्रिटिसको सकुनी चाललाई मनोजले पत्रपत्र केलाएर पस्केका छन्।'
बिहीबार पुस्तकको खेलाडी त्रय सिपोरा गुरुङ, मञ्जु गुरुङ, टहलसिंह थापा, सञ्चारकर्मी सरस्वती गुरुङ, गायिका सीता बराल, संरक्षणकर्मी कृष्णमणि बराल, युवा उद्यमीद्वय वैभव पौडेल तथा मनोज गुरुङ र पत्रकार केशवशरण लामिछानेले लोकार्पण गरेका थिए। भर्तीको फन्दा घर्तीमगरको पहिलो पुस्तक हो। पोखरामा भन्दा अघि यसको हङकङमा परिचर्चा तथा लोकार्पण गरिएको थियो।
प्रकाशित: १५ जेष्ठ २०७१ २३:१२ बिहीबार





