३ माघ २०८२ शनिबार
image/svg+xml
अन्य

रेग्मीलाई मरणोपरान्त सम्मान

काठमाडौं– दिवंगत निर्देशक शिव रेग्मीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने भएको छ। रेग्मीलाई अनलाइन फिल्मी खबर अवार्ड(ओफा)को दोस्रो संस्करणमा सम्मान प्रदान गरिन लागेको हो। राजधानीको नक्सालस्थित रिजेन्सी ब्यांक्वेटमा पत्रकार सम्मेलन गर्दै अवार्ड आयोजकले सो कुरा घोषणा गरेको हो। उक्त अवसरमा मनोनयनमा परेका कलाकार तथा प्राविधिकलाई सर्टिफिकेट वितरण समेत गरिएको थियो।
२० विधामा वितरण हुने अवार्ड आउँदो जेठ २६ का दिन प्रज्ञा प्रतिष्ठानको हलमा आयोजना हुँदैछ। अवार्डका लागि ८० जना कलाकार तथा प्राविधिक प्रतिस्पर्धामा रहेका छन्। 
विविध मनोरञ्जनात्मक प्रस्तुतिका साथ अवार्ड वितरण गरिने अवार्डका अध्यक्ष सुमन गैरेले जानकारी गराए। सुमनका अनुसार कार्यक्रममा अनुभव रेग्मी र सुज्ञानी भट्टराई, गजित विष्ट, गम्भीर विष्ट र निष्मा घिमिरे, वर्षा सिवाकोटी र यशराज गराचको नृत्य रहनेछ भने प्रेम परियारले गीत गाउनेछन्। 
कार्यक्रमको न्युज २४ टेलिभिजन र राजधानी र राजधानी बाहिरका थुप्रै एफएमले प्रत्यक्ष प्रसारण गर्नेछन्। लोकप्रियताका आधारमा प्रदान गरिने अवार्डको यो दोस्रो संस्करण हो।

प्रकाशित: १५ जेष्ठ २०७१ २३:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App