महोत्तरी— रामनगर ७ बस्ने ३२ वर्षीय रामलोचन महतो अज्ञात समूहको अपरहणमा परेका छन्। रामनगर चिनी मिल अगाडि निजी क्लिनिक सञ्चालन गर्दै आएका उनी गए राति अपहरणमा परेका हुन्।
राति ८ बजेतिर स्थानीय सीताराम सिंहकी छोरीको जन्मदिन भोज खाएर लक्ष्मनियाँ कान्तिबजार ११ नम्बर टोल जाँदै गर्दा बाटोबाटै अपहरणमा परेका हुन्। ९८१५८६१०६३ नम्बरको मोबाइलबाट अपहरणकारीहरुले उनका साथी शेख विक्रमको मोबाइलमा 'मोटरसाइकल जनकपुरको जानकी मन्दिरमा र मान्छे अपहरणमा' लेखिएको एसएमएस पठाएपछि उनी अपहरणमा परेको खुलेको परिवारजनले बताए।एसएमएसकै आधारमा खोजी गर्दै जाँदा महतो चढ्ने ज२प २७३४ नम्बरको मोटरसाइकल जानकी मन्दिरबाट बरामद भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ।
प्रकाशित: ११ जेष्ठ २०७१ २३:१६ आइतबार





