१ माघ २०८२ बिहीबार
image/svg+xml
अन्य

मञ्जुलका दुई कृति सार्वजनिक

काठमाडौं– कवि तथा गीतकार मञ्जुलका दुई कृति एक साथ सार्वजनिक भएका छन् । बिहीबार राजधानीमा आयोजित कार्यक्रममा गीता केसरी तथा तुलसी दिवसले पुस्तक सार्वजनिक गरे । सार्वजनिक कृतिमा कविता संग्रह र निबन्ध संग्रह रहेका छन् । दुई पुस्तकसँगै मञ्जुलका कविताले सजिएको क्यालेन्डर समेत सार्वजनिक गरियो । क्यालेण्डरमा तिथि मितिसँगै मञ्जुल लिखित कवितालाई स्थान दिइएको छ । कार्यक्रममा निबन्ध र कविता माथि बेग्ला बेग्लै वक्ताले टिप्पणी गरेका थिए ।मञ्जुलको कविता संग्रह 'बाल्यकालसँग खेल्दै' माथि टिप्पणी गर्दै कवि सरोज धितालले कृतिमा बाल्यकालका स्मृति छरपस्ट भएका र पढ्ने सबैले त्यसमा आफूलाई अनभूत गर्न सक्ने बताए ।

'जवानीका दिनमा जोपनि कवि हुन्छ । लहडको कवि । तर जवानीको उत्सुकताले मलजल पायो भने मात्र त्यो मान्छे असली कवि हुन्छ । मञ्जुल दाइ असली कवि हो । तर कवि हुन सबैभन्दा ठूलो कुरा साहस चाहिन्छ र त्यो साहस पनि मञ्जुल दाइमा छ,' धितालले भने । उनले बुढ्यौलीमा बाल्यकालको बारेमा लेखिएका कविताले सबैलाई छुने दाबी पनि गरे ।

'कहिले आकाशमा कहिले धर्तीमा' शीर्षकको निबन्ध माथि टिप्पणी गर्दै जिवलाल बस्यालले मञ्जुलका निबन्ध कविता जस्तै शक्तिशाली रहने गरेको धारणा राखे । उनले कृतिमा तीन खाले प्रवृत्तिहरु देखिएको टिप्पणी गर्दै मञ्जुलको लेखनमा पाठकलाई बाँधेर राख्ने क्षमता भएको विचार राखे । 'पुस्तक भित्र राल्फा कालिन, माक्र्सवादी चिन्तन र समसामयिक गरी तिन खाले निबन्धहरु संग्रहहित छन् । यात्रा प्रधान निबन्धको बाहुल्यता रहेपनि लेखकले आफ्नो विचार र चिन्तन पोख्न बिर्सिएका छैनन्' बस्यालले भने ।

कार्यक्रममा भिष्म उप्रेति, गीताकेशरी र तुलसी दिवसले पनि मञ्जुलको व्यक्तित्व तथा कृतित्व माथि टिप्प्णी गरेका थिए ।

कार्यक्रममा मञ्जुलले संग्रह भित्रका चारवटा कविता वाचन गरेर सुनाएका थिए ।

निबन्ध संग्रहलाई पाटन बुक्सले बजारमा ल्याएको हो भने कविता र क्यालेण्डर फेलामले प्रकाशित गरेको हो ।

प्रकाशित: १८ वैशाख २०७१ २०:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App