१ माघ २०८२ बिहीबार
image/svg+xml
अन्य

क्यानभासमा हिमचितुवा

पोखरा– दुर्लभ वन्यजन्तुको सूचीमा पर्ने हिमचितुवाको गतिविधिलाई कलाकारले क्यानभासमा उतारेका छन्। दश कलाकारले हिमालपारिको जिल्ला मुस्ताङको जोमसोम र मुक्तिनाथ क्षेत्रमा चित्रकला यात्रामार्फत् हिमचितुवाको गतिविधि खोतलेका हुन्।वन्यजन्तुको महत्व र यसको संरक्षणका लागि १९ औं वन्यजन्तु सप्ताह अन्तर्गत राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र स्नो लेपर्ड कन्जरभेन्सीको आयोजनामा पाँच दिने ‘हिमचितुवाका लागि संरक्षण चित्रकला यात्रा' गरिएको थियो। एक्यापका संरक्षण, शिक्षा तथा प्रचारप्रसार अधिकृति रमेश श्रेष्ठले दुर्लभ र अति नै महत्वपूर्ण वन्यजन्तुको सूचीमा रहेको हिमचितुवा जोखिममा पर्न थालेकोले त्यसको संरक्षणका लागि कार्यक्रम गरेको बताए। सचेतनामूलक कार्य भएकोले कलाकारले क्यानभासबाट हिमचितुवाका विभिन्न मुद्रा, वासस्थान, गतिविधि झल्कने चित्रहरू कोरेका थिए। ‘केही समयपछि यी चित्रहरूको प्रदर्शनी गरिनेछ,' उनले भने, ‘प्रदर्शनीमार्फत् जनचेतना फैलाउन सकिनेछ।' यस वर्षको वन्यजन्तु सप्ताह नारा ‘वन र वन्यजन्तु प्रकृतिका आधारः भावी सन्ततिलाई हाम्रो उपहार' रहेको छ। विगतका दिनमा वन्यजन्तुको चोरी शिकार बढेकोले न्यूनिकरणका लागि यो चित्रकला आयोजना गरेको उनले बताए। पाँचदिने यात्रामा विधाता केसी, इशान परियार, मनोज तामाङ, जगत पुन, थमन सुनार, सम्झना राजभण्डारी, सूर्य बराइली, किरण रञ्जित, जीवन राजोपाध्याय र रमेश श्रेष्ठले दुईदुई वटा वटा चित्र तयार गरेका थिए।

प्रकाशित: १६ वैशाख २०७१ २१:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App