६ माघ २०८२ मंगलबार
image/svg+xml
अन्य

बालबच्चालाई सघाउन चित्र प्रदर्शनी

काठमाडौं– ब्लुबर्ड मलको मुड स्टुडियोमा अजय देसार र अनिसा महर्जनका चित्रकलाको प्रदर्शनी भइरहेको छ। अनिसा मर्हजनका चित्र मानिसको जीवनसँग तुलना गर्न सकिन्छ। ललितकलामा स्नातकोत्तर पढ्दै गरेकी महर्जनले क्यानभासमा प्रकृतिलाई चित्रित गरेकी छन्।विगत १५ वर्षदेखि चित्र कोर्न थालेका अजय देसार पोट्रेट, ल्यान्डस्केप धेरै बनाउँथे। ललितकलामा स्नातकोत्तर अध्ययनरत् उनले चित्रकला नै पेशा रोजे। गाउँगाउँ डुलेर उनले क्यानभासमा प्रत्यक्ष ल्यान्डस्केप उतारेका हुन्। 
आजभोलि जात्राको माहौल चलिरहेछ। जात्रामा कुनै पात्रको वास्ता हुँदैन। त्यसैले क्यानभासमा ती पात्रलाई ठाउँ दिएको छु,' उनले भने, ‘ती पात्र महत्वपूर्ण छन्। तेल र एक्रेलिक माध्यमबाट बनाइएका चित्र प्रदर्शनीमा राखिएका छन्। 
ग्यालरीले मनोमानी गर्न थालेकाले आफूले सार्वजनिक ठाउँमा चित्र राखेको बताए। होटलमा धेरै खालका व्यक्ति आउँछन्। सबैलाई कलाको महत्व बुझाउने उनको लक्ष्य छ। डेढ वर्षको मेहनतपछि तयार भएका अजयका १० र अनिसाका ११ वटा चित्र प्रदर्शनरत् छन्। प्रदर्शनी वैशाख २८ सम्म चल्नेछ। 
‘नेपाली कलामा युवा पुस्ताले नयाँ स्वरुप दिँदैछन्। आधुनिक कलामा मनले देखेका कुरा क्यानभासको भाषामा व्यक्त गरिन्छ,' कला समीक्षक मदन चित्रकारले बताए। दुवै कलाकारले समाजमा वेवास्ता भइरहेका सामान्य कुरालाई विषेश रुपमा प्रस्तुत गरेको उनको तर्क छ। 
१० वर्ष अघि अजयले बज्रबाराही जंगलमा रुखमा चित्र झुन्ड्याएर सात दिन पहिलो प्रदर्शनी गरेका थिए। उनको उद्देश्य गाउँगाउँमा कलाको प्रचार गर्नु थियो। 
दुवै कलाकारले प्रदर्शनीमा राखिएका चित्रबाट हुने आम्दानीको २५ प्रतिशत चित्र बनाउने बालबालिकालाई सघाउने घोषणा गरेका छन्। स्कुल घुमेर इच्छुक विपन्न परिवारका बालबालिकालाई कलाका सामग्री दिइने बताए।
उनीहरुले लमजुङ, रौतहट, ललितपुरका गाउँका स्कुल पुगेर चित्रकलामा इच्छुक बच्चाहरुलाई सघाइसकेका छन्।

प्रकाशित: १४ वैशाख २०७१ ०१:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App