१ माघ २०८२ बिहीबार
image/svg+xml
अन्य

ठूलो परिमाणमा रक्तचन्दन बरामद

धादिङ— काठमाडौं भित्रिंदै गरेको अवस्थामा त्रिभुवन राजपथ अन्तर्गत नौबिसे–नागढुंगा सडकको झाप्रेखोलाबाट प्रहरीले ठूलो परिमाणमा रक्तचन्दन बरामद गरेको छ। चन्दनको साथमा गाडी चालक सुवास राईलाई समेत पक्राउ गरेको छ।

बुधबार दिउँसो एक बजेतिर काठमाडौं भित्रिंदै गरेको बा३च ६८१० नम्बरको भ्यानमा लुकाईछिपाई ल्याउँदै गरेको चन्दन सहितको गाडी सुराकीको आधारमा महानगरिय प्रहरी बृत्त थानकोटले नियन्त्रणमा लिएको हो।

गाडीमा साँढे दुई फिटका ६९ वटा रक्तचन्दनको टुक्रा फेला परेको महानगरीय प्रहरी प्रभाग थानकोटले जनाएको छ।मुढाको तौल करिव एक हजार रहेको एक प्रहरी अधिकृतले बताए।

गाडीमा पसलको लागि सामान ल्याएको भन्दै भुजिया लगायत पसलको सामानले छोपिएको अवस्थामा फेला परेको बताइएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको छ।

प्रकाशित: १० वैशाख २०७१ ०७:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App