काठमाडौँ- यही वैशाख १२ गतेदेखि चौथो अन्तर्राष्ट्रिय ट्याटु महोत्सव हुने भएको छ। मङ्गलबार यहाँ आयोजित पत्रकारसम्मेलनमा तीन दिनसम्म दरबारमार्गस्थित याक एन्ड यती होटलमा चल्ने उक्त महोत्सवमा २० मुलुकका ८० जना ट्याटु आर्टिस्टको सहभागिता रहने बताइयो। नेपाल ट्याटु प्रालिको आयोजनामा हुन लागेको सो महोत्सवको सहआयोजकमा मुआज इन्टरटेनमेन्ट प्रालि र मोहन्स ट्याटु इन रहेको छ।
नेपाल ट्याटु प्रालिका निर्देशक विजय श्रेष्ठले अहिलेसम्मकै सबैभन्दा बढी मुलुकको सहभागिता रहने र ट्याटुप्रेमीको जमघट हुने महोत्सवका रूपमा चौथो ट्याटु महोत्सव हुने दाबी गरे।
महोत्सवमा ट्याटुसम्बन्धी गोष्ठी, प्रतिस्पर्धा तथा साङ्गीतिक समूहको प्रस्तुति रहनेछ।
प्रकाशित: ९ वैशाख २०७१ २३:५८ मंगलबार