पुरानो बजारमा कलात्मक आँखिझ्याल भएका घर। माथि हजार सिँढीको मध्य भागमा शान्ति वन समूहले ३६ फिट अग्लो बुद्ध प्रतिमा बनाएको छ। बुद्ध दर्शनपछि देवीथान चढ्दा सिरसिरे बतासले शीतल बनाउँछ।
हाइकिङ जक्सन पनि हो धुलिखेल। त्यहाँबाट पैदल ५ घन्टामा नगरकोट पुग्न सकिन्छ भने ४ घन्टामा पलाञ्चोक भगवति, नमोबुद्ध र पनौती। काठमाडौंको हप्हपाउँदो गर्मी छल्न त्यता जान सकिन्छ। त्यहाँका दुई दर्जन भन्दा बढी होटल/रिसोर्टमा हजार रुपैयाँदेखिका कोठा पाइन्छ।
धुलिखेलबासीको एउटा सुन्दर सपना छ। उनीहरुले त्यसको गुरु योजना बनाइसकेका छन्। ७७२ हेक्टर क्षेत्रफलमा कृत्रिम ताल, सफारी पार्क, चिडियाघर, रोपवे, चिल्डे्रन पार्क बनाउने प्रोजेक्ट। ड्रिम ल्याण्ड पुरा भएपछि धुलिखेल झन सुन्दर बन्ने छ।
कसरी पुग्ने : काठमाडौंबाट ३० किलोमिटर पूर्वमा धुलिखेल। काठमाडौंको पुरानो बसपार्कबाट बिहानैदेखि छुट्छन् धुलिखेल जाने बस। तिनले डेढ घन्टामा गन्तव्य पुर्याउँछन्।
प्रकाशित: ५ वैशाख २०७१ २३:३२ शुक्रबार





