प्रतिष्ठानले एक लाख एक हजार एक सय एघार रुपैयाँ राशिको रु›प्रसाद ओली स्मृति कृषि पुरस्कार, २०१३ ले ललितपुर छम्पीका कृष्णबहादुर घिमिरेलाई सम्मानित गरेको छ। उनले बिउ उत्पादन मार्फत कृषि क्षेत्रमा विशिष्ट योगदान पुर्याएको प्रतिष्ठानको मूल्यांकन छ।
त्यसैगरी, गौरादेवी ओली स्मृति आदर्श आमा पुरस्कार २०१३ द्वारा समाजसेवी भद्रकुमारी घलेलाई सम्मान गरिएको छ। अम्बिकादेवी ओली स्मृति पत्रकारिता तथा साहित्य पुरस्कार, २०१३ पत्रकार भैरव रिसालले पाएका छन्। दुवैको राशि १ लाख १ हजार १ सय ११ रुपैयाँ छ।
प्रतिष्ठानले ५१ हजार १ सय ११ रुपैयाँ राशिको देवी ओली स्मृति बाल पुरस्कार बालप्रतिभा शुभसन्देश गौतमलाई प्रदान गरिएको छ।
संस्कृतिविद सत्यमोहन जोशीले सम्मानितहरुलाई नगद तथा सम्मानपत्र प्रदान गरेका थिए। प्रतिष्ठानले हरेक वर्ष विभिन्न चार विधामा पुरस्कार दिँदै आएको छ।
प्रकाशित: ५ वैशाख २०७१ २०:४६ शुक्रबार





