१० चैत्र २०८२ मंगलबार
image/svg+xml
अन्य

एक वृद्धाको हत्या, एक महिला गम्भीर घाइते

भद्रपुर- झापामा एक अपरिचित समूहले एक वृद्धाको बीभत्स ढङ्गले हत्या गर्नुका साथै उनकी बुहारीलाई गम्भीर घाइते पारेको छ।चारपाने–६ बस्ने ७० वर्षीया वृद्धा तारा राजवंशीको घरमा मङ्गलबार बेलुकी आठ/दस जनाको समूह प्रवेश गरी उहाँमाथि  धारिलो हतियारले प्रहार गरी हत्या गर्नुका साथै उहाँकी बुहारी मीनालाई हतियारले गम्भीर घाइते बनाएको हो। मीनाको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ।
 उक्त घटनामा संलग्न रहेको आशङ्कामा डाँगीबारी–१ बस्ने जोगेन्द्र राजवंशीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। शवपरीक्षणका लागि भद्रपुरस्थित मेची अञ्चलमा ल्याइएको छ।

प्रकाशित: २ वैशाख २०७१ २३:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App