३ माघ २०८२ शनिबार
image/svg+xml
अन्य

अहिले ठिक अढाई बज्यो

गाउँबाट अचानक हराएको
यौटा सानु केटा सोचिरहेछु
यो मध्याह्न ऊ के गरिरहको होला?
'अहिले ठिक अढाई बज्यो।


ऊ कुनै होटलमा कप धुँदै होला?
कि कुनै सहर, गाउँ वा दूर पहाडतिर 
अझै जाँदै होला?
कि कतै रोइरहको होला?
कि कतै हाँस्तै होला ऊ?

उसलाई थाहा होला, 
कि उसको बाउको पेन्सन नआएको 
छ महिना भयो र बाउ सबै बिर्सेर 
ऊ गएको बाटो हेरिरहेको छ?
उसलाई थाहा होला
कि उसकी आमा रोटी पकाइरहेकी छिन् 
र, भोको छोरो आइपुग्ला कि भनेर
एकोहोरो बाहिर हेरिरहेकी छिन्?

उसलाई थाहा होला कि नहोला,
उसले एक क्षणमा भत्काएर गएको उसको घर
बनाउन कति वर्ष लागेको थियो?
म सोचिरहेछु, हराएको यौटा सानु केटा 
सोचिरहेछु–
ऊ अझै कतै जाँदै होला कि घर फर्कंदै होला
'अहिले ठिक अढाई बज्यो।

प्रकाशित: २८ चैत्र २०७० २३:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App