कोहलपुर– इलाका प्रहरी कार्यालय जमुनाहाले भारततर्फ लैजाँदै गरेको २० किलो सुपारी बरामद गरेको छ।
जमुनाहाबाट खटिएको प्रहरी टोलीले पिप्रहवा–१ बाट भारततर्फ लैजाँदै गरेको २० किलो सुपारी बरामद गरेको हो। बरामद सुपारी भन्सार कार्याकलयमा पठाएको प्रहरीले जनाएको छ। बाँके प्रहरीले जिल्लाबाट सुपारी भारत तस्करी बढेपछि सीमा कडाई गर्दै आएको छ।
प्रकाशित: १७ चैत्र २०७० ०६:२२ सोमबार





