५ माघ २०८२ सोमबार
image/svg+xml
अन्य

युनिटीका १२ सञ्चालकलाई तीन बर्ष कैद फैसला

काठमाडौं- जिल्ला अदालत ललितपुरले युनिटी लाइफका अध्यक्ष काशीराम गुरुङसहित १२ जनालाई ३ वर्ष कैदको सजाय तोकेको छ। उनीहरुलाई अदालतले जनही १ करोड ६ लाख २६ हजार २ सय ७६ रुपैयाँ जरिवानासमेत गरेको छ।


त्यसैगरी उनीहरुबाट जम्मा बिगो १२ करोड ७५ लाख १५ हजार ३ सय १७ रुपैयाँ दामासाहीले बिगो भराउने फैसला गरेको छ। न्यायाधीश टेकनारायण कुँवरको इजलासले कैद र जरिवाना सजाय सुनाएकाहरुमा सञ्चालक नेत्र राजवंशी, भीमबहादुर गुरुङ, इन्द्रबहादुर विक, विष्णु क्षेत्री, कृष्ण क्षेत्री, महेन्द्र केसी, शिशिर योगी, लोकबहादुर टण्डन, विश्वनाथ गौतम, घनश्याम बस्ताकोटी र गोविन्द ज्ञवाली छन्।
प्रहरी प्रतिवेदन तथा दिनेशकुमार भण्डारीसमेतको जाहेरीले नेपाल सरकार बादी भई २०६७ जेठ २८ गते दर्ता गरेको ठगी मुद्दामा अदालतले यस्तो आदेश गरेको हो।
फैसलामा जाहेरी नगरेका शेयर सदस्यहरुको रकम प्रमाण पेश गरी आएमा फिर्ता दिनसमेत आदेश गरेको छ। सोही मुद्दामा धरौटी तारेखमा रहेका जनक बराल, कालु गुरुङ र कृष्ण पाठकले भने सफाइ पाएका छन्। उनीहरुविरुद्धको अभियोगमा दाबी प्रमाणबाट पुष्टि हुन नसकेको अदालतले ठहर गरेको छ।

प्रकाशित: १७ चैत्र २०७० ०५:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App