६ माघ २०८२ मंगलबार
image/svg+xml
अन्य

रुद्र र पूजा ट्रायथोलन च्याम्पियन

काठमाडौं– नेपालका रुद्र कटुवालले एसटिसी दक्षिण एसियाली ट्रायथोलन च्याम्पियनसिप जितेका छन्। पोखरामा शनिबार भएको ट्रायथोलन (१.५ किलोमिटर दौड, ४० किलोमिटर साइक्लिङ र १० किलोमिटर दौड) रुद्रले २ घन्टा ४३ मिनेट ५६ सेकेन्डमा पूरा गरेका थिए।सो स्पर्धामा श्रीलंकाका दिनुदन बन्दरा दोस्रो भए। उनले २ घन्टा ४८ मिनेट २१ सेकेन्डमा दूरी पार गरे। नेपालका टीकाराम थापा (२ घन्टा ५१ मिनेट २८ सेकेन्ड) तेस्रो भए।
महिलातर्फ भारतीय पूजा चौरसिया विजयी भइन्। महिलातर्फ ७ सय ५० मिटर पौडी, २० किलोमिटर साइक्लिङ र ५ किलोमिटर दौड राखिएको थियो। पूजाले १ घन्टा ३७ मिनेट ०३ सेकेन्डमा स्पर्धा पूरा गरिन्। भारतीय प्रज्ञना मोहन (१ घन्टा ४६ मिनेट १६ सेकेन्ड) दोस्रो र नेपालकी केशरी थापामगर (२ घन्टा १ मिनेट ०८ सेकेन्ड) तेस्रो भए। 
दोस्रो एटिए राष्ट्रिय ट्रायथोलन च्याम्पियनसिपमा वसन्त चौधरी विजयी भए। ७ सय मिटर पौडी, २० किलोमिटर साइक्लिङ र ५ किलोमिटर दौड वसन्तले १ घन्टा १७ मिनेट ५९ सेकेन्डमा पूरा गरे। हिमाल टामटा (१ घन्टा ३२ मिनेट ०५ सेकेन्ड) दोस्रो र सुदीप राजभण्डारी (१ घन्टा ३२ मिनेट ३१ सेकेन्ड) तेस्रो भए। 
टिम रिले ट्रायथोलनमा जीवन, दिलीप र रुपेशको टोली विजयी भयो। उक्त टोलीले १.५ किमि दौड, ४० किमि साइक्लिङ र पुनः १० किमि दौड समावेश ट्रायथोलनमा २ घन्टा ५१ मिनेट ४४ सेकेन्डमा पूरा गर्योस। भगी, तेज र सुरेश (३ घन्टा ८ मिनेट २१ सेकेन्ड) को टोली दोस्रो र भुवन, प्रेम, जनक (३ घन्टा २२ मिनेट २२ सेकेन्ड) को टोली तेस्रो भए।
नेपाल ट्रायथोलन संघले दिएको जानकारी अनुसार ड्वाथोलन खुला च्याम्पियनसिप रामकुमार तामाङले जिते। ४० किमि साइक्लिङ र १० किमि दौड रामकुमारले २ घन्टा १ मिनेट ५६ सेकेन्डमा पूरा गरे। मानबहादुर थापामगर (२ घन्टा ३ मिनेट २८ सेकेन्ड) दोस्रा र लेलिस महर्जन (२ घन्टा ८ मिनेट ५८ सेकेन्ड) तेस्रा भए। 
महिलातर्फ लक्ष्मी मगर विजयी भइन्। २० किमि साइक्लिङ र ५ किमि दौड लक्ष्मीले २ घन्टा ५१ मिनेट २७ सेकेन्डमा पूरा गरिन्। इरिना ओलिङ (३ घन्टा ५४ मिनेट २० सेकेन्ड) दोस्रो र साक्षी श्रीवास्तव (४ घन्टा २६ मिनेट ५१ सेकेन्ड) तेस्रो भए।

प्रकाशित: १५ चैत्र २०७० २०:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App