आज बिहान करिब १ बजे सशस्त्र प्रहरी बेस क्याम्प बोर्डर आउट रिच पोस्ट भीखमपुरबाट गएको गस्ती टोलीले चरेश र गाँजा बरामद गरेको हो। शङ्कर सरैया गाउँबाट मिर्जापुरतर्फ लैजाँदै गरेको अवस्थामा चरेश र गाँजा बरामद गरिएको सशस्त्र प्रहरी निरीक्षक फुर्गेली शेर्पाले जानकारी दिए।
सशस्त्र प्रहरीको टोलीलाई देख्नेबित्तिकै तस्करहरु चरेश र गाँजा फालेर भागेकाले उनीहरुलाई पक्राउ गर्न नसकिएको उनले बताए।
बरामद चरेश र गाँजा इलाका प्रहरी कार्यालय पोखरियामा बुझाइएको सीमा सुरक्षा कार्यालय पर्साका सशस्त्र प्रहरी उपरीक्षक हर्कबहादुर रावलले जानकारी दिए।
प्रकाशित: १३ माघ २०७० ००:२६ सोमबार





