१२ माघ २०८२ सोमबार
image/svg+xml
अन्य

महँगो आइटम

नेपाली फिल्मको कारोबार गतिलो छैन। त्यसैले निर्माताले बजेट घटाउँदै लगेका छन्। फिल्म 'हँसिया'मा भने कतिपय फिल्मको पूरै बजेट बराबर रकम एउटै आइटम डान्समा खर्च भएको छ। अभिनेत्री प्रियंका कार्की र हेमा श्रेष्ठले यो महँगो सेटमा आइटमका ठुम्का लगाएका छन्। 'यो साँझमा, यो रातमा' भन्ने उक्त आइटम गीत खिच्नका लागि मात्रै १४ लाख ७७ हजार रुपैयाँ सकिएको निर्देशक मिलन चाम्सले बताए। फिल्मको प्रोमोबाटै चर्चा बटुलेको 'हँसिया'लाई अन्तर्राष्ट्रिय स्तरको बनाउन लगानीमा कन्जुस्याइँ नगरेको निर्माता पनि रहेका चाम्सले बताए। उनले भने, 'मरिलानु केही छैन, यही फिल्म 'हँसिया' राम्रो भयो भने मरेपछि पनि जीवित राख्छ। त्यसैले मन खोलेर खर्च गरेको हुँ।' आर्ट डिजाइनर मेनुका राईले खर्च गरे अनुसारकै सेटको डिजाइन पनि भव्य गरेकाले मिलन गद्गद् छन्। उनी भन्छन्, 'नेपालमा आइटम डान्सलाई बारमा नाचिने नाच ठानिन्छ। त्यही मान्यतालाई बदल्न जोखिम मोलेको हुँ।' राजेश हमाल र हेमा श्रेष्ठको मुख्य भूमिका रहेको यो एक्सन फिल्म हो। फिल्मको ९५ प्रतिशत सुटिङ सकिएको निर्देशक मिलनले बताए।

प्रकाशित: ७ पुस २०७० ०२:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App