सोल नगरपालिकाबाट मानार्थ नागरिकता पाउने उनी पहिलो नेपाली खेलाडी हुन्।
तेक्वान्दोका पाँचौं डान ब्ल्याकबेल्ट प्राप्त क्षेत्रीले चार दर्जनभन्दा
बढी अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गरिसकेका छन्। उनी सोलमा रेष्टुरेन्ट व्यवसाय संचालन गर्दै आएका छन्।
विश्व तेक्वान्दो महासंघ (डब्लुटिएफ) र कोरियामा रहेको विश्व तेक्वान्दो हेडक्वार्टर (कुकिओन) मा निकै राम्रो सम्वन्ध छ। नेपाली तेक्वान्दोलाई डब्लुकेएफ सग जोड्ने क्रममा संधै भुमिका खेल्ने क्षेत्रीले डब्लुटीएफ, कुकिओन र कोरिया ओलम्पिक डेमोस्टे्रसन लगायत दर्जनौ राष्ट्रिय तथा अन्तरराष्ट्रिय सम्मान पाइसकेका छन्।
आफना समयका राम्रा खेलाडी क्षेत्रीले कोरियामै भएको चौथो कोरिया खुल्ला तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेका थिए। यस्तै उनले अमेरिकामा भएको २५ औंं खुला तेक्वान्दोमा रजत जितेका थिए। पहिलो विस्व पुम्से प्रतियोगिता, यू एस ओपेन लगायत ४ दर्जन भन्दा बदी अन्तराष्टि्रय प्रतियोगिता खेली सकेका छेत्री एनआरएन कोरियाका सल्लाहकार पनि हुन्। यसअघि उनी सो
सस्थाका उपाध्यक्ष थिए।
अहिले सिओलमा रेष्टुरेन्ट व्यवसाय संचालन गर्दे आएका क्षेत्री विभिन्न नेपाली सस्थाहरुमा पनि आवद्ध छन्। उनी रुपन्देही संपर्क समितिका संरक्षक ,बाग्लुङ संपर्क समितिका सल्लाहकार ,युनिक भिजनका सल्लाहकार समेत हुन्।
प्रकाशित: १२ कार्तिक २०७० २१:४७ मंगलबार





