८ चैत्र २०८२ आइतबार
image/svg+xml
अन्य

निर्लज्जताको हद

संस्कृतमा एउटा उखान छ– 'एकाम् लज्जाम् परित्यज्य सर्वत्र विजयी भवेत्।' अर्था्त, लाज एउटा त्यागेपछि जे गरे पनि भयो। यहाँ यही लाज पचाउनेका कुरा हुँदै छ। यी लज्जा पचाउने हुन्, संगीतकार राजेन्द्र श्रेष्ठ, गीतकार शंकर अधिकारी घायल। त्यसपछि गायिका सावित्री खत्री, गायक प्रल्हाद तिमिल्सिना, रमेश रैका, मोडल वर्षा राउत र नरेशवीर सिंह।

यही शनिवार सार्वजनिक सावित्री खत्रीको 'ठूली'मा हिन्दी फिल्म 'खेलाडी ७८६'मा समाविष्ट 'हे बल्मा'लाई 'हे ठूली' बनाएर 'नेपालीकरण' गरिएको छ। सार्वजनिक समारोहमा उपस्थितले गीत हेरेपछि स्रोताले कमेन्ट गरे, 'चोरले पनि घरभित्रको सामान चोर्छ, तर यी यस्ता चोर हुन् जसले घरै चोरेर लगे।' यसअघि हिन्दी फिल्म 'मुन्नी बदनाम हुई'लाई 'कान्छी बदनाम भई' बनाएर आफ्नो निर्लज्जता देखाएका शंकरकै अगुवाइमा अर्काे चोरी भएको हुनुपर्छ।

संगीत क्षेत्रमा खास जम्न नसकेका राजेन्द्र श्रेष्ठ र गायिका सावित्री रातारात चर्चामा आउने लोभमा फसेका छन्। उनीहरूले लाज पचाए पनि नेपाली संगीतका स्रोतालाई यो पाच्य हुने कुरै भएन। खराब कुरा परित्याग गरे पो स्वस्थ भइन्छ। त्यसलाई पचाउन खोजेपछि त्यसको असर त पर्ला नै। खराब कुराले पाचन प्रणाली गडबड पारे जस्तै उनीहरूको यस निर्लज्जता पचाइले उनीहरूको विश्वनीयता, क्षमता, सिर्जनशीलता सबै ध्वस्त पारिदिएका छन्।

प्रकाशित: १७ आश्विन २०७० ०५:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App