११ जेष्ठ २०८३ सोमबार
image/svg+xml
अन्य

'सेक्सी भनेको सुन्दा फ्रेस हुन्छु'

अरूले सेक्सी भनिदिँदा कस्तो फिल गर्नुहुन्छ?
एकदमै खुशी लाग्छ। सेक्सी भनेको सुन्दा फ्रेस हुन्छु। यस्तो कमेन्टलाई पोजिटिभ रूपमा लिने गर्छु।
यौन शिक्षा कत्तिको अनिवार्य छ?
यौन रोगबाट बच्न, सेक्सबारे जानकारी प्राप्त गर्न सबैलाई यौन शिक्षा एकदमै अनिवार्य छ।
विवाहपूर्व सेक्स उचित कि अनुचित?
बिहेपछिमात्र सेक्स हुनुपर्छ भन्ने उहिलेको कुरा हो। पार्टनर एकअर्कामा लोयल छन्, राम्रो समझदारी छ र आपसमा गहिरो माया छ भने यसलाई म अनुचित ठान्दिनँ।
तेस्रोलिंगीले गर्ने सेक्सलाई अप्राकृतिक भन्छन् नि?
सेक्समा आत्मसन्तुष्टि लिने हो। जसले जसरी गरे पनि आ-आफ्नो अधिकारको कुरा हो। उनीहरूको सेक्सलाई म अप्राकृतिक भन्न रुचाउँदिनँ।
प्रेम र सेक्स एकअर्कामा परिपूरक हुन्?
हुन्। मलाई लाग्छ प्रेमको अन्तिम विन्दु नै सेक्स हो।
अहिलेको युवा पुस्ताको सेक्सलाई हेर्ने दृष्टिकोणप्रति तपाईंको धारणा के छ?
अहिलेका युवा पुस्ता पश्चिमी चालचलनबाट बढी प्रभावित छ। उनीहरू सेक्सलाई हल्का रूपमा लिने गर्छन्। यो गलत कुरा हो। सेक्स भावनासँग सम्बन्धित हुन्छ, यसलाई दालभातका रूपमा हेरिनुहुँदैन।

प्रस्तुतिः जयन

प्रकाशित: ६ पुस २०६९ १०:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App