४ चैत्र २०८२ बुधबार
image/svg+xml
अन्य

बालगजल

 जीविका अश्रु

   

बिहानको घामभन्दा पहिले उठ्नुपर्दछ

हातमुख धोएपछि एकछिन कुद्नुपर्दछ।

थोरै पानी अनि बुबु केही खाजा खाएर

ज्ञानी बन्न अरूभन्दा पढ्न जुट्नुपर्दछ।

सिकाउँदा आमाबाले रुनु हुन्न नानी हो

नलिएमा अर्तिबुद्धि तिमीले झुक्नुपर्दछ।

माम खाई पाठशाला जानुपर्छ तिमीले

ज्ञानी भई ज्ञानको शिखर चुम्नुपर्दछ।

पढीगुनी ठूलो भई देश हाँक्ने बनेर

नामसुवास फैलाएर विश्व पुग्नुपर्दछ।

प्रकाशित: २ श्रावण २०७७ ०७:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App