४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

रविको सम्बोधनसँगै रास्वपाको प्रशिक्षण आज सकिने

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट निर्वाचित प्रतिनिधि सभा सदस्यको प्रशिक्षण आज पनि जारी रहनेछ । बिहान योग तथा ध्यानसहितको सुरु हुने सत्रमा आज पार्टी सभापति रवि लामिछानेको सम्बोधनसँगै प्रशिक्षणको औपचारिक सत्र सम्पन्न हुनेछ ।

आजको सत्रमा योजना, बजेट निर्माण, सुशासन र राजनीतिक सं‌स्कार विकासको प्रशिक्षण दिनइने छ । औपचारिक र अनौपचारक बेग्लाबेग्लै सत्रको सुरुवात बिहानको योग र ध्यानबाट सुरु भएको छ । एलपी भानु शर्माले माइण्डफुलनेस अभ्यास अर्था योग तथा ध्यानसहितको प्रवचन दिएका छन् ।  

औपचारिक सत्रलाई बिहान ९ बजेदेखिको समय निर्धाण गरिएको छ । बिहान पहिलो सत्रमा पूर्वसचिव डा तोयानारायण ज्ञवालीले सरकार सञ्चालन प्रक्रिया योजना तथा बजेट निर्माणका विषयमा सहजीकरण गर्नेछन् ।  

सुशासन: अवधारणा र सभ्यासका विषयमा सांसद र नीति निर्माताका लागि दिइने प्रशिक्षणको सहजीकरण पूर्वसचिव प्रतापकुमार पाठकले गर्नेछन् ।  

पार्टी र सांसदको सम्बन्ध: नयाँ राजनीतिक संस्कारमा सांसदको भूमिका, आचारसंहिता तथा न्यूनतम प्रतिवद्धताका विषयमा पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटी र केन्द्रीय सदस्य आरके ढुंगानाले सहजीकरण गर्नेछन् ।  

अनि समूहगतरुपमा सांसदले एजेण्डा प्राथमिकता निर्धारणबारे सहभागी सबैले प्रस्तुती दिने कार्यसूची तय भएको छ ।  

त्यसपछि हुने समापन सत्रको कार्यक्रममा प्रतिभा रावल र मनिष झाले एजेण्डा प्राथमिकता निर्धारणको प्रस्तुतीसहित सहभागीले धन्यवाद ज्ञापन गरेपछि सभापति रवि लामिछानेको सम्बोधनसँगै अभिमुखीकरण समापन हुने कार्यसूची छ।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सिटसहित झण्डै दुईतिहाइ बहुमत प्राप्त गरेको थियो ।

प्रकाशित: ४ चैत्र २०८२ ०७:२८ बुधबार