अरुणबहादुर खत्री “नदी”
आफ्नो जन्मदिन आउनै लाग्दा सन्ध्याले आमासित रहर पोखिन् ‘आमा, यसपालि मेरो जन्मदिनमा स्कुलमा पढ्ने साथीहरूलाई बोलाएर केक काटेर खुवाउँछु है ।’
आमाले भन्नुभयो, ‘छोरी, केक खाटेर खुवाउँदा थोरै पैसाले पुग्दैन । धेरै पैसा चाहिन्छ । त्यसैले चकलेट किनेर बाँडे भैहाल्छ नि।’
सन्ध्याले एकोहोरो आमालाई भनिरहिन् । त्यसपछि सन्ध्याकी आमाले भनिन्,‘तिमीलाई केक काटेर खुवाउन मन लागेको छ भने तिम्रो बुबासंग केक अर्डर गर्न एक हजार रुपैया माग न त ।’
‘हुन्छ आमा म बुबासंग जन्मदिनको अघिल्लो दिनमा एक हजार रुपैया मागेर नजिकैको केक पसलमा गएर दुई पाउन्डको केक अर्डर गर्छु नि’ सन्ध्याले भनिन् ।
जन्मदिनको अघिल्लो दिनमा सन्ध्याले उसको बुबालाई भनिन्, ‘बुबा भोलि मेरो जन्मदिन हो । भोलि स्कुलमा पढ्ने केही साथीहरुलाई केक खुवाउन बोलाउँछुु । हजुरले मलाई केक अर्डर गर्न एक हजार रुपैया दिनुस् न ।’
सन्ध्याको बुबाले केक अर्डर गर्न पाँच सय रुपैयाले पुग्दैन र छोरी भन्नुभयो । सन्ध्याले भनिन्, ‘बुबा, पाँच सय रुपैयाले ठूलो केक आउँदैन, सानो केक मात्रै आउँछ । मैले मसंगै पढ्ने पन्ध्र जना साथीलाई भोलि केक खान बोलाउँदैछु । त्यसैले एक हजार रुपैया चाहिन्छ ।’
सन्ध्याले आफूसंग पढ्ने धेरै साथीलाई बोलाउने भएकोले उसको बुबाले एक हजार रुपैया आफ्नो पर्सबाट झिकेर दिनुभयो । मक्ख पर्दै बुबाले दिएको एक हजार रुपैया लिएर सन्ध्या घर नजिकैको केक पसलमा गइन् र उसले दुई पाउन्डको केक अर्डर गरिन् ।
भोलिपल्ट सन्ध्या आफ्नो जन्मदिन भएकोले बिहानै नुहाएर घर नजिकैको मन्दिरमा पूजा गर्न पुगिन् । सन्ध्याले मैैले धेरै पढेर भविष्यमा डाक्टर बन्न सकूँ भन्दै वर मागिन् । पूजा गरेर घर फर्कदै गर्दा बाटामा एउटा किराना पसलमा पसेर दुई प्याकेट चकलेट किनेर घरमा ल्याइन् ।
चकलेट घरमा ल्याएपछि सन्ध्याले आफ्नो घरमा बस्नेहरूलाई मेरो जन्मदिन हो आज भनेर केही चकलेट बाँडेर सकिन् । एक प्याकेट चकलेट स्कुलमा पढ्न जाँदा लिएर गइन् र स्कुलमा संगै पढ्ने साथी र सरमिसहरूलाई बाँडिन् । सरमिस र उसका साथीहरूले उसलाई हेप्पी वर्ड डे टु यु भनेर शुभकामना दिए ।
आफूलाई मनपर्ने साथीहरूलाई उसले खुसुक्क भनिन्, ‘आज बेलुका मेरो घरमा मेरो जन्मदिनको केक काट्ने, खान आऊ है ।’
सन्ध्या स्कुलबाट घर फर्किन् र हातमुख धोईवरी खाजा खाइन् । खाजा खाएर भान्छाकोठामा आमालाई सघाउन थालिन् । उसकी आमाले मीठामीठा परिकार पकाउदै थिइन् । बेलुकाको छ बजेपछि उसका साथीहरू उसको घरमा पुगे ।
उसले बोलाएका साथीहरू सबै जना उसको घरमा आइपुगेपछि बल्ल केक काटिन् । उसका सबै साथीहरूले थप्पडी मारेर हेप्पी वर्थ डे टु यु सन्ध्या भने । साथीहरूले जन्मदिनको उपलक्ष्यमा आफूले ल्याएको उपहार सन्ध्यालाई दिन थाले । साथीहरूले दिएको उपहार पाएपछि खोलेर हेर्न सुरु गरिन् सन्ध्याले । केक पनि सबै साथीलाई कागजमा राखेर बाँड्न थालिन् । साथीहरू केक खान घरमा आउँदा उसको बुबाआमा पनि साह्रै खुसी हुनुभयो । उसले साथीहरूले दिएको उपहार जतन गरेर राखिन् ।
भोलिपल्ट उसका साथीहरूले स्कुलमा पुगेपछि रमाउँदै धन्यवाद दिए, ‘हिजो तिमीले हामीलाई मीठो केक खुवायौ नि । तिमीलाई धेरै धन्यवाद छ है।’
उसको साथी शोभाले भनिन्, ‘अब हामी पनि तिमीलाई आफ्नो जन्मदिनमा घरमा केक खान बोलाउँछौ । तिमी आउनुपर्छ नि।’ ‘शोभा, हुन्छ नि । म तिम्रो घरमा नआई कहाँ छाड्छु र । तिम्रो जन्मदिनमा केक खान तिमीले मलाई नबोलाए पनि म पक्कै आउँछु नि’ सन्ध्याले भनिन् ।
आफ्नो जन्मदिन मनाएको केही दिन बितेपछि सन्ध्याले एउटा पसलमा माटोको खुत्रुके देखिन् । माटोको खुत्रुके देखेपछि उसलाई किन्न मन लाग्यो । उसले साहूजीलाई सोधिन्, ‘यो खुत्रुकेको कति रुपैया हो साहूजी !’
साहूजीले ‘पचास रुपैया मात्रै’ भने । ‘चालिस रुपैयामा दिनु न मलाई यो खुत्रुके मसंग अहिले चालिस रुपैया मात्रै छ’ सन्ध्याले भनिन् । ‘चालिस रुपैया मात्रै छ भने चालिस रुपैयामा नै लग न त’ साहूजीले भनेर खुत्रुके किनेर आफ्नो घरमा लगिन् ।
सन्ध्याले खुत्रुके किनेर घरमा लग्यो र आमालाई देखाउँदैे भनिन्, ‘आमा, मैले पैसा जम्मा गन आज यी यो खुत्रुके किनेर ल्याएँ नि ।’
आफूलाई कतैबाट आउने गरेको पैसा सन्ध्याले त्यस खुत्रुकेमा जम्मा गर्न थालिन् र सध्याको अर्को सालको जन्मदिन आउन लाग्दा खुत्रुके भरियो । उसले आफ्नो बुबालाई भनिन्, ‘बुबा मेरो जन्मदिन आउन लाग्यो । खुत्रुके भरियो । हजुरले फोडिदिनुहोला नि’ ।
उसको बुबाले खुत्रुके फोडेर पैसा गनिदिनुभयो । खुत्रुकेमा एक हजार तिन सय रुपैया जम्मा भएको रहेछ ।
सन्ध्याले भनिन, ‘म यही पैसाले मेरा साथीहरूलाई चकलेट र केक किनेर यो सालको जन्मदिन मनाउँछु नि बुबा ।’
छोरीले त्यसो भनेपछि उसको बुबा खुशी मान्दै भने, ‘भैहाल्छ नि छोरी, मैले तिमीलाई यो साल चकलेट र केक किन्न पैसा दिनै परेन ।’
प्रकाशित: २६ असार २०७७ ०९:५४ शुक्रबार