६ वैशाख २०८१ बिहीबार
अन्य

सानासाना चरी

बालगीत

चन्द्रमा पौड्याल

सानासाना चरीलाई मार्नु  हुँदैन

फूलको सानो कोपिलालाई चुड्नु हुँदैन  

रङ्गीचङ्गी पुतलीलाई किच्नु हुँदैन  

माहुरी र कमिलालाई टेक्नु हुँदैन  

सानी चरी हामीलाई गीत सुनाउँछिन्  

फिरफिर गर्दै पुतलीले नाच्न सिकाउँछिन्  

कोपिलाले फूल बनी बारी सजाउँछिन्  

माहुरीकी रानीले मह बनाउँछिन्  

कमिलाले मिलजुल गर्न सिकाउँछन् हेर

फूलले सधैं खुसी बन्न सम्झाउँछन् हेर  

भुनभुनाउँदै माहुरीले मेहनत गर भन्छन्  

चिरविराउँदै चरीले असल बन भन्छन्।

प्रकाशित: २२ असार २०७७ ०९:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App