१५ चैत्र २०८० बिहीबार
अन्य

नयाँ साथी

रञ्जुश्री पराजुली

रञ्जुश्री पराजुली 

 

 उनको नाम राधा हो । कान्छी छोरी भएकोले घरमा सबै जना माया गरेर ‘कान्छी ’  भनेर बोलाउंनुहुन्छ। राधाको एकजना दाइ पनि हुनुहुन्छ । उहाँको नाम रामेश हो । तर घरमा ठूले  भनेर बोलाउनुहुन्छ ।

राधिका छ  वर्षकी  भइन् । उनको दाइ रमेश सात वर्ष  भए। उनीहरुको स्कुल धेरै टाढा थिएन तर स्कुल पुग्न तीन           ठाउमा जेब्रा क्रसिङ पार गर्नुपर्दथ्यो । उनीहरू वल्लापल्ला घरका मिलेर सँगै जान्थे । बाटो काट्ने ठाँउमा हिँडिरहेको ठूलो  बटुवाले सही तरीकाले  बाटो काट्न  सिकाइदिन्थे ।

राधिकालाई  कुकुर असाध्य मन पर्दथ्यो। उसलाई घरमा पाल्तु कुकुर राख्न  मन लागेको  थियो ।  उसको मामाको घरमा सानो  जातको सेतो झ्यापुल्ले कुकुर पालेको थियो ।  त्यसलाई उनीहरू ‘सेते ’ भनेर बोलाउँथ्ये। सेते सबै कुरा बुझ्थ्यो । राधिकालाई  मामाधर गएको बेला सेतेसँग खेल्दा रमाइलो लाग्दथ्यो ।  

राधिकाकी आमाले तिमी आफैं कुकुरको हेरचाह गर्न सक्छौ भनै म पाल्न अनुमति दिन्छु भन्नुभएको थियो ।

 एकदिन स्कुलबाट फर्कदा  पेटीको कुनामा एउटा कालो रङको सानो छाउरो जाडो र भोकले कराइरहेको उनले देखिन्  । उनलाई त्यसको माया लाग्यो । साथीहरूले  हिँड्  त्यसलाई  त्यसै  छोडिदेऊ   भन्दा पनि उनले त्यसो गर्न सकिन् । उनी टक्क रोकिएर ‘विचरा यो छाउरो  छिहिलिएको जस्तो छ । जाडो र भोकले रोइरहेको छ । यसलाई  म पाल्न लान्छु ।  कसैले मेरो भनेर लिन आए भने बरु दिन्छु । मैले त यसको  नाम’ राखिसकेंं  ‘फुच्चे  । म यसको स्याहार गर्न सक्छु । आमाले पनि पाल्न्न हुन्न भन्नू हुन्न । आजदेखि यो मेरो नया साथी बन्यो ’ भन्दै त्यो छाउरालाई  बोकिन् ।

प्रकाशित: २१ असार २०७७ ०९:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App