१२ पुस २०८२ शनिबार
image/svg+xml
अन्य

स्वास्थ्यका लागि योग र ध्यानको महत्व

कामना गौतम

कामना गौतम

कक्षाः ९, विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालय, स्वयम्भू, काठमाडौं ।

योग शारीरिक मानसिक र आध्यात्मिक अभ्यास वा अनुशासनको एक समूह हो। स्वास्थ्य अवस्था कायम राख्न योग आवश्यक छ। स्वस्थ मानिसको चिनारी रोग मात्र नभएको भन्ने हुँदैन। मानिस स्वास्थ्य रहन शारीरिक, मानसिक र सामाजिक अवस्थामा पनि स्वस्थ रहन आवश्यक हुन्छ । यसरी शारीरिक, मानसिक र सामाजिक हिसाबले स्वस्थ बनाउने एक उपाय भनेको योग र ध्यान नै हो। योगका कारण शारीरिक, मानसिक अवस्था निर्मल रहन्छ र यही शारीरिक, मानसिक अवस्था राम्रो भयो भने मानिस समाजमा आफ्नो अस्तित्वको पहिचान दिन सक्छ ।

योगका कारण औषधि विज्ञानद्वारा निको नभएका रोगहरु पनि निको पार्न सकिन्छ। यस्ता उदाहरणहरु हामीले हाम्रो समाजमा पनि पाउन सकिन्छ। यदि औषधिको सेवन गरेमा त्यसको असर देखिन सक्छ तर योग गरेमा त्यसको असर वा बेफाइदा हुँदैन र योग अभ्यासका कारण धेरैभन्दा धेरै बिरामीको उपचार भैसकेको पाइन्छ। भौतिक विज्ञानको कारण अहिले मानिसको जीवन सुखमय बन्दै गएको पाइन्छ। यदि योग गर्ने बानी बसाल्न सकियो भने हामीहरूको शारीरिक, मानसिक अवस्था राम्रो हुने देखिन्छ। 

योगले तन र मनमा फूर्ति आउँछ । योगका कारण विचार स्वच्छ हुन्छ । यदि विचार स्वच्छ भएमा हाम्रो मानसिक अवस्था पनि सुधार गर्न सकिन्छ । योगका कारण आज धेरै बिरामीले नयाँ जीवन पाएका छन् । यदि हामीले औषधि विज्ञानको प्रयोग गरी रोग निर्मूल पार्नतर्फ लागियो भने रोग निर्मूल नहुन पनि सक्छ र लामो समयसम्म औषधिको सेवनले केही हद निको होला तर औषधि खान छोडे सेवन गर्न छाडिएको खण्डमा झन् जटिल अवस्थाको सामना गर्नुपर्ने हुन्छ अथवा बल्झिन सक्छ तर योगबाट निको भएको रोग फेरि बल्झिँदैन र योग तथा ध्यानका कुनै पनि बेफाइदा हुँदैनन्। मानव जीवनलाई स्वस्थ, तन्दुरुस्त बनाउन सकिन्छ।

 योग गरियो भने तनाव , लत, रोग सबैको सदाका लागि निवारण गर्न सकिन्छ। योगका कारण शरीरको शक्ति बढ्छ। शरीरको मांशपेसीको शक्ति बढाउँछ। योगका कारण शरीरको ऊर्जा बढाउँछ। नियमित योग गरेमा शरीरका महत्वपूर्ण अंगहरु जस्तैः मुटु तथा रक्तसञ्चार प्रणाली, मृगौला तथा मूत्र   प्रणाली, पाचन प्रणाली, श्वासप्रस्वासप्रणालीलाई स्वस्थ र नियमित कार्य गर्न सहज गराउँछ। योगले गर्दा मानव जीवनमा आइपर्ने सबै स्वास्थ्य समस्याहरुलाई निवारण गर्न ठूलो भूमिका खेलेको हुन्छ र शरीरको प्रतिरोधात्मक शक्ति पनि बढाउन सहयोग गरेको हुन्छ।

नियमित योग गर्ने मानिस र योग नगर्ने मानिसमा तुलना गर्ने हो भने योग नगर्ने मानिसभन्दा योग गर्ने मानिस स्वस्थ, तनावमुक्त, तन्दुरुस्त देखिन्छन्। अहिलेको वर्तमान समयमा कोरोनाको त्राससँगै लकडाउनको तनाव, असुरक्षित बसाइ, अशान्त वातावरण पनि छ । यस्तो अवस्थामा योग, साधना गरेमा रोग प्रतिरोधात्मक शक्ति बढ्नुका साथै तनाव पनि हराउँछ।

कोरोना भाइरसको कारण लकडाउनमा बसेको बेला  कति मान्छे विचलित भैरहेको छ, मनमा डर, त्रास, तनावको वातावरण सिर्जना भएको छ । यस्तो अवस्थामा योग, साधना गर्न सकेमा मनमा डर त्रास र तनावको वातावरण हटी खुसीसाथ लकडाउनमा पनि रमाउन सकिन्छ। यस्तो समयमा हामीले योग गर्यौँ भने हाम्रो जीवनशैली नै बदलिन्छ।

 कुनै एक दिन हामीले योगको अभ्यास गर्यौँ भने त्यो दिनभरि हाम्रो मन शान्त हुन्छ । हाम्रो विचलित मन र विचारलाई शान्त बनाउने, शरीरलाई स्वस्थ राख्ने एक मात्र उपाय भनेको योग र साधना हो। यदि योग गर्यौँ भने हामीले हाम्रो जीवनलाई नयाँ रूप दिन सक्छौँ। योग र ध्यानको उपाय हामी स्वस्थ बन्नका लागि उचित उपाय हो। स्वस्थ जीवन शैलीका लागि योग र ध्यान आवश्यक हुन्छ। त्यसैले हामीले योग र ध्यानको अभ्यास गर्नुपर्छ। ध्यानका कारण हामी एकीकृत बन्न सक्छौँ। हाम्रो विचार र मन खलबलिएको बेलामा हाम्रो विचार र मनलाई एक चित्त बनाउन योग र ध्यानले मद्दत गर्दछ। हामीले कुनै पनि काम गरिरहेको बेलामा त्यस काममा हाम्रो मन एकीकृत गर्न सक्दैनौं। यस्तो अवस्थामा योग, साधना गर्न सकेमा मनमा डर, त्रास र तनावको वातावरण हटी मनलाई एकीकृत पारेर कामलाई सम्पन्न गर्न सकिन्छ। योगका कारण हाम्रो स्मरणशक्ति बढ्छ। योगका कारण हामी तनावमुक्त हुन सक्छौँ र हाम्रो मानसिक स्वास्थ्य पनि स्वस्थ रहन्छ। हामीले योग गरेमा कुनै पनि रोगलाई पराजित गरेर स्वस्थ जीवन शैलीलाई कायम राख्न सक्छौँ। यसरी योग र ध्यान गर्यौँ भने हामी स्वस्थ बन्न सक्छौँ। 

रोग लाग्नुका तीन मात्र कारण छन्ः गलत आहार विहार, गलत विचार र गलत जीवनशैली हुन्। यदि गलत अहारविहार, गलत विचार र गलत शैली कुनै मानिसमा छ भने त्यो मानिस रोगी हुन्छ तर योग गर्ने बानी भएको मानिसमा यी सबै कुराको सन्तुलन मिलेको हुन्छ र त्यो मानिस स्वस्थ हुन्छ।  हालको मानव जीवनमा सौखिन शैली, उच्च मसालेदार खानेकुरा, अव्यवस्थित खानपान र शारीरिक व्यायामको कमीको कारण विभिन्न प्राणघातक रोगहरू  मुटु तथा मृगौलाका बिरामीहरू दिन प्रतिदिन बढ्दै गएको पाइन्छ। विभिन्न प्राणघातक रोगहरूबाट बच्नका लागि योगको महत्वपूर्ण भूमिका रहेको पाइन्छ।

तसर्थ मानव जीवनमा योग र ध्यानको ठूलो महत्व रहेको हुन्छ। मानव जीवनमा योग र ध्यानको कारण अव्यवस्थित मानव जीवनलाई पनि व्यवस्थित गर्न सकिन्छ। यसरी हामीले योग गरेमा  मानव जीवन शैलीलाई स्वस्थ राख्न सक्छौँ।

 

प्रकाशित: १८ असार २०७७ १०:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App