१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

संस्कृतका श्लोक सिक्दैछु

लकडाउन डायरी

शुभश्री तिम्सिना

शुभश्री तिम्सिना

कक्षा: युकेजी, किण्डर प्लानेट प्रि स्कुल, विशालनगर, काठमाडौ ।  

लकडाउनका कारण म जस्तै साथीहरू पनि घरमै बसिरहनु भएको छ। स्कुल विदा भएपछि मैले घरमा राम्राराम्रा कुरा सिक्न पाएकी छु। कोरोनावाट बच्ने उपाय अनि संस्कृतका श्लोक पनि सिकेकी छु।  

टिभीमा आउने रामायण, महाभारत र श्रीकृष्ण हेर्न मलाई खूब मन पर्छ। कृष्ण भगवान बाल्यकालमा गर्नु भएका कृयाकलाप हेरेर म खूब हाँस्छु।  

अर्को कुरा अहिले स्कुल विदा भए पनि अनलाइन मार्फत् हाम्रो कक्षा चलिरहेको छ। साथीसँग म रमाइलो पनि गर्छु नि। मलाई चित्र पनि बनाउन मन लाग्छ । मैले बनाएका चित्रहरू हेरिदिनुस् ल!  

घरमा बुवा, मामु, बाबा र दिदीले मलाई राम्राराम्रा कुरा सिकाउनु हुन्छ । मैले लकडाउनमा सिकेको कुरा यहाँ पठाएको छु। तपाइँहरू पनि राम्राराम्रा कुरा सिक्नुहोस् है!  

प्रकाशित: ८ असार २०७७ ०८:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App