१९ चैत्र २०८२ बिहीबार
image/svg+xml
अन्य

वन संरक्षणकर्मी महिलामाथि आक्रमण गर्ने अझै पक्राउ परेनन्

दिलवहादुर छत्याल, धनगढी, वैशाख १२- वन संरक्षणमा लागेकी महिलाको दुवै हातकाट्ने वन अतिक्रमणमा संलग्न हरी भाट अझै पक्राउ परेका छैनन्। फरार भाटको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

संरक्षणका लागि बनका वरिपरि तारवार लगाइरहेका बेला मालाखेती ६ निवासी नन्दा देवी कुँवरको दुवै हात गाउँकै बन अतिक्रमणमा संलग्न हरि भाटले शनिवार काटेका थिए।
गाउँका ५०। ६० जना साथमा लगेर मालाखेती वानं २ मा रहेको वनको संरक्षण गर्न वरिपरि तारवार बिछ्याइरहेकी वेला प्रस्तावित मधुमालती सामुदायिक बनकी अध्यक्ष नन्दादेवी कुँवरमाथी उनले हाँसिया प्रहार गरेका थिए। हातले छेक्दाँ कुँवरका २ वटै हात काटिएका थिए।

घाइते कुँवरको अत्तरिया स्थित पदमा अस्पतालमा उपचार भइरहेको छ। अध्यक्ष कुँवरले सवैजनावाट अढाई सयका दरले चन्दा उठाएको रकमले तार किनेर वनको संरक्षण गर्न पहल गरेकी थिइन्। भाट बन अतिक्रमणमा संलग्न रहेका भाटलाई सरंक्षणको पहल गरेको चित्त नबुझेर हाँसिया प्रहार गरेका हुन्।

एक साताअघि मात्र भाटलाई इलाका वन कार्यालय मालाखेतीले वन अतिक्रमण गरेको आरोपमा पक्राउ गरेर ३ दिन थुनेको थियो। इलाका वन कार्यालय मालाखेतीका प्रमुख भैरव घिमिरेले बन अतिक्रमण गरेकाले भाट सहित २ जनालाई पक्राउ गरेको बताए।
बन अतिक्रमण गर्दैन भनेर लिखित कागत बनाएकाले ३ दिनपछि भाटलाई छाडेको उनले बताए।

इलाका वन कार्यालय मालाखेतीका प्रमुख प्रहरी निरिक्षक कृष्णानन्द भट्टले प्रहरीलाई सिभिल पोशाकमा पनि खटाएर उनको खोजी भइरहेको बताए। उनी फेला नपरको बताए।भागेर भारततिर गएको हुनसक्ने उनले बताए। स्थानिय वासिन्दाले भने प्रहरीलाई समयमै जानकारी गराउँदा पनि वेवाश्था गरेकाले भाटलाई पक्राउ गर्न नसकेको भन्दै आक्रोश ब्यक्त गरेका छन्।

प्रकाशित: ११ वैशाख २०६९ १२:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App