हार्दिक न्यौपाने
कक्षा –२ ,
अक्षरा स्कुल, काँडाघारी, काठमाडौं ।
मलाई कुकुर मन पर्छ । मेरो घर सानोठिमी पिपलबोटमा छ । मलाई एक्सरसाइज गर्न मन पर्छ । मलाई घोडा पाल्न मन छ । मेरो घरमा एउटा गोल्डेन फिस छ । म मेरो गोल्डफिससँग खेल्छु ।
मेरो घरमा तीन वटा फ्यान छ । मलाई टिभी हेर्न मन लाग्छ । मलाई प्रभासको फिल्म धेरै मन पर्छ । किनकि मैंले पहिलोचोटि बाहुबलि हेरेको थिए । बाहुबलि फिल्म मन परयो । अनि प्रभास मन परयो ।
मेरो देश नेपाल हो । नेपाल राम्रो छ । किनकि नेपाल मेरो देश हो । नेपालमा जे पनि पाइन्छ । खानेकुरा पाइन्छ । सामान, बत्ती, पर्दा, इटा, झ्याल, ढोका, तेल, पाउडर, सेनिटाइजर सबै पाइन्छ । माक्स पनि पाइन्छ । मसँग मास्क छ । मेरो गिता दिदीले बनाइदिनुभएको हो । मास्क लगाएर म मामु, दिदीसँग इभिनिङ वाक गर्न हिंडे । मेरो मास्क कालो कलरको छ । कोरोनासँग बच्न मास्क लाको हो ।
मेरो घरबा बाबा, मामु, बुबा, ठूलोबाबा, ठूलोमामु र दिदी बस्नुहुन्छ । मेरो परिवारमा मलाई राम्रो व्यवहार गर्नुहुन्छ । मलाई कहिले कुट्नु हुन्न । मैंले जे भनेको त्यही मान्नुहुन्छ । माया गर्नुहुन्छ ।
मेरो हजुरबा मेहनती र बलियो हुनुहुन्छ । विरुवा रोप्नुहुन्छ । ट्याङकी सफा गर्नु हुन्छ बूढो भईभई पनि । मैंले मेरो हजुरबाबाट मेहनत गर्नुपर्छ भनेर सिकें । मैंले बाबाबाट काम गर्नुपर्छ भनेर सिंके । ममीबाट नयाँनयाँ चीज पकाउन सिक्नुपर्छ भनेर सिकें । ममीबाट बढार्न सिकें । चिया पकाउन सिकिसकें । बढार्न पनि सिकिंसके । मेरो ममी फार्मासिस्ट हो । औषधि कम्पनीमा काम गर्नुहुन्छ । अहिले ममीको अफिस विदा भएको छ ।
मैंले ठूलाबाट कपाल काट्न सिंके । मलाई ठूलोबाबाले माया गर्नुहुन्छ । मेरो ठूलोबाबा इन्जिनियर हो । ठूलोममी मेरो घरको हाउसवाइफ हो । ठूलोममीबाट खाना बनाउन सिकें । पनिर पकाउन सिकें । ठूलो ममीले मलाई पनिर, आँप, लिची सबै मलाई मन पर्ने चीज दिनुहुन्छ । ठूलोममीले नयाँनयाँ चीज किन्दिनुहुन्छ ।
म जे पनि गर्न सक्छु । म डेन्जर व्याइ हो । म राम्रो मान्छे हुँ । ज्ञानी छु । केके बनाएर बस्छु । खेलौना खेलेर बस्छु । मलाई जहिलेजहिले खेलौना किन्दिए हुन्थ्यो जस्तो लाग्छ । अहिले बजार बन्द भएर खेलौंना किन्न पाइएको छैन । यो बन्द भएर नरमाइलो भएको छ । चउरमा गएर फुटबल खेल्न पाएको छैन । फनपार्क जान पाएको छैन । जु जान पाएको छैन । मामा घर जान पाएको छैन । मामा घर जान पाए मजा आउँथ्यो । त्यहाँ धेरै काठ छन् । मामा घरमा भए बाहुबलिको जस्तै काठको तरबार बनाउन पाउँथे ।
मलाई मान्छेहरूले छोटो राइटर भनेर चिन्छन् । किनभने मैले लेखिराखेको छु । म भोलिसम्म लेख्छु । तर पछिसम्म राइटर हुन्न । म राइटर किन हुन्न भने मलाई एक्टर मन पर्छ । मलाई एक्टिङ गर्ने मान्छे धेरै मन पर्छ । मेरो बाबा पनि राइटर हो । जर्नालिस्ट पनि हो । बाबा राइटर मन पर्छ तर आफू राइटर बन्नचाहिं मन पर्दैन । पहिलो एक्टर मन पर्छ । राइटरचाहिं दोस्रोमा मन पर्छ । तेस्रोमा केही पनि मन पर्दैन । सिर्फ एक्टिङ र राइटिङ मन पर्छ । अहिले पनि म फाइटिङ गरिराखेको छु । एक्टिङ गर्न फाइटिङ गरिराखेको छु । गुण्डा जताबाट आए पनि फाइटिङ गर्न सक्छु । बाबाको हातमा राइटिङ कण्ठ भएजस्तै मेरो हातमा फाइटिङ कण्ठ छ ।
प्रकाशित: ३१ जेष्ठ २०७७ ०८:०३ शनिबार