१५ चैत्र २०८० बिहीबार
अन्य

वातावरण दिवस

जयानी पाण्डे,  

कक्षा – ७ ,

रातो बङ्गला स्कुल, पाटनढोका, ललितपुर ।

आज, जेठ २३ गते शुक्रबार  विश्वभर वातावरण दिवस मनाइन्छ । यो दिवस १९७५ देखि अहिलेसम्म जेठ २३ गतेमा मनाउने गरिएको छ । यस दिवस संयुक्त राष्ट्रसंघ साधारण सभाले सुरु गरेको हो । यस दिवस १०० भन्दा बढी देशहरूमा मनाइने गरेको छ । तीमध्ये नेपाल पनि एक हो ।

 अहिले धरै वातावरणका समस्याहरू उत्पन्न भइरहेको छ र पछि पनि हुन्छ । वन फँडानी, प्रदूषण, जनावर मार्ने र फोहोर गर्ने केही मुख्य वातावरण समस्या हुन् । वातावरणको विकास गर्न एकदम जरुरी छ ।यसै कारण आजको दिनमा सरकारले आफ्नो कर्तव्य मानेर वातारण विकासका लागि योजना बनाउँछ ।

यस दिनमा विश्वभरि मान्छेहरूले रूख रोप्छन् । रूख रोप्न एकदम आवश्यक छ । रूखले सबै प्राणीलाई अक्सिजन दिन्छ । रूखहरू कम हुँदै गयो भने विश्व तापमान बढ्छ । रूखबाट धेरै सामान बनाउन काम लाग्छ । त्यसैले गर्दा धेरै रूखहरू रोप्न र विश्व हराभरा हुन आवश्यक  छ । 

आजको दिन केही मान्छेहरू वातावरणसम्बन्धी पोस्टरहरू बनाएर वातावरण दिवस मनाउँछन् र  र अरू मानिसप्रति जागरूकता फैलाउँछन् । जताततै वातावरणको पोस्टर टाँसिन्छ । कति धेरै जनाले त नीलो, हरियो र खैरो रङको लुगा मात्र लगाउँछन् । स्कुलहरूका विद्यार्थीहरूले पनि वातावरणका कविता र गीत गाएर रमाइलो गर्छन् । तर यसपालि कोरोनाको कारणले हड्ताल र अरू कुराहरू पनि गरेको छैन ।  

म पनि पहिलोको वर्षहरूमा रोटरी क्लबका साथ मिलेर रूख रोप्थे र स्कुलमा चाहिँ हामी नीलो, हरियो र खैरो रङको लुगा लगाएर जान्थ्यौँ, हामीहरू गीत गाउँथ्यौँ र पोस्टर बनाउँथ्यौँ । 

यसपालिको वातावरण दिवसमा घरमै परियो । त्यही भएर मैले त्यस्तो धेरै केही गरिन । पानी परेको कारणले बाहिर बगैँचामा पानी हाल्नु परेन । त्यसैकारण मैले घरभित्र भएको फूलहरूमा  पानी हाले । मैले वातावरणको एउटा पोस्टर पनि बनाए । मलाई मेरो वरिपरिको वातावरण हरियो र फूलैफूलै भएको मन पर्छ । यसैकारण मलाई वातावरण दिवस धेरै मन पर्छ र म आशा राख्छु कि कोरोनाको यस महामारी सिद्धिएपछि फेरि  एकचोटि  वातावरण दिवस सबैसँग मनाउन पाऊँ ।

प्रकाशित: २५ जेष्ठ २०७७ ०८:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App