कविता
एकै रातो रङको रगत
उही गिलो मासु
उही साह्रो हड्डी
एकै प्राणले भरिएको
सजीवतालाई ¥याककिङ गर्छ सनातन धर्म ।
पहुँच र हैसियत तौलिन्छ
र व्यवहार गर्छ हाम्रो समाज
छाला र क्षेत्र हेरेर
न्याय र निर्णय दिन्छ सरकार
अनि सहानुभूतिका भावनात्मक
आभासमा
किन नजाऊन् त भुइँमान्छेहरू
पराई धर्म, संस्कृति र भूगोलमा ?
श्रमको आधारमा छुट्याइएको तिम्रो वर्ग
स्वयं परिभाषित गर्छौ उच्च जातिको रूपमा
तिम्रो नश्लको अहंकारले
अमानवीय र घृणित हर्कत गर्छौं
मानवीयतामाथि नै ।
सृष्टिलाई चलायमान बनाउने कर्मशील हातहरू
संसार सिँगार्ने सुन्दर कलाहरू
तिमीले भुइँमान्छे भनेर हेला गर्ने एक नश्ल
तिम्रो नीच हर्कतभन्दा धेरै उच्च छ ।
नश्ल मिलेर पनि वर्ग नमिल्ने
गुमनाम छ न्याय
नश्ल नमिल्ने, वर्ग पनि नमिल्ने
भुइँमान्छेहरूले के पाउलान् र न्याय ?
दुख देखेर पनि नदेखेझैं गर्ने
अपराधीहरूलाई नचिनेझैं गर्ने
जलाइदेऊ घोषणपत्र ।
प्रकाशित: १६ जेष्ठ २०७७ ०९:२९ शुक्रबार