९ मंसिर २०८१ आइतबार
image/svg+xml
अन्य

गाउँले जीवन राम्रो

आस्था ठाकुर

आस्था ठाकुर

कक्षा ः ८

डिएभी स्कुल, ललितपुर  

गाउँमा अर्गानिक जीवनशैली पाइन्छ । तर, शहरहरूमा विभिन्न भुगोल र समुदायका मानिसको बसोबास गर्ने भएकाले त्यहाँ सांस्कृतिक एकीकरण भएको पाइन्छ । ग्रामीण र शहरी क्षेत्रका जीवनमा आ–आफ्नै फाइदा र समस्या छन् । ठूला शहरको जीवन गाउँको भन्दा फरक हुन्छ । गाउँ र शहरमा बस्नेहरूबीचको जीवनशैलीमा पनि ठूलो भिन्नता छ र तिनीहरूको आफ्नै रहनसहनमा पनि भिन्नता हुन्छ । यस निबन्धमा हामी यसका केही फाइदा र बेफाइदाबारे छलफल गर्नेछौं ।  

गाउँहरूमा अवसर थोरै हुन्छ । आधुनिक सुविधा कम हुन्छ । गाउँमा उच्च शिक्षा अध्ययनको सुविधा हुन्न जसले गर्दा जीवनमा प्रगती गर्न बाधा पुग्छ । गाउँले जीवनशैली पनि उन्नत हुँदैन तर व्यक्तिको संस्कृति र दृष्टिकोण धेरै न्यानो र सहयोगी हुन्छ । गाउँमा तपाईंलाई कुनै मद्दत आवश्यक परेमा जतिबेला पनि छिमेकीमा भर पर्न सकिन्छ । किनकि गाउँलेमा मैत्रीपूर्ण भावना हुन्छ ।  

गाउँको जीवन परिश्रम र इमानदारीमा विश्वास गर्दछ । गाउँघरका खाना पनि गुणस्तरको हुन्छ । त्यहाँ अर्गानिक परिकार पाइन्छ । गाउँमा यातायात सुविधा अझै राम्रो छैन, जुन व्यायामको भेषमा एक आशिष । यसले स्वस्थ रहन मद्दत गर्दछ । गाउँहरू प्रदूषण रहित छन् जसले तिनीहरूको राम्रो स्वास्थ्यलाई पनि थप गर्दछ ।

यसरी नै हामीले फाइदा मात्र हे¥यौं भने शहरमा मानिसका लागि बढी अवसर हुन्छन् । शहरमा नयाँ उद्यम, प्रयोग र समाजिकीकरण हुन्छ । शहरहरूले शिक्षा, मेडिकल उपचार, रोजगारीका अवसर आदिका लागि राम्रो सुविधा पनि प्रदान गर्छन् । हामीले शहरिया जीवनका कमजोरी केलाउने हो भने आधुनिक  जीवनशैली र फास्ट फुड सेवन धेरै रोगका कारण बन्छन् । व्यायामका लागि समय अभाव हुन्छ । त्यसले स्वास्थ्यमा समस्या पार्छ ।  

मैले आफैंले पनि सहरी जीवनशैली र गाउँको जीवनशैलीमा धेरै ठूलो भिन्नता पाएको छु । गाउँका मानिस जहिले पनि शारीरिक रूपमा धेरै मेहनती छन् । तन्दुरुस्त छन् । तर, शहरी क्षेत्रका मानिस दिनभर निश्चित स्थानमा काम गर्ने मेसिन जस्तै हुन्छन् । मैले यो पनि थाहा पाइसकेको छु कि गाउँका मानिस शहरी क्षेत्रका मानिसका तुलनामा बढी स्वस्थ छन् ।  

गाउँका सबै साक्षर छैनन् । समयसँगै गाउँघरमा पनि शिक्षाको ज्योति फैलिँदैछ । विकास÷निर्माणका काम हुँदैछन् । यसबाट आशाबादी हुने ठाउँ देखिन्छ ।    

अहिलेका लागि गाउँ र शहर दुई फरक चित्र जस्तै हुन् । शहर र गाउँमा दुवै जीवनका पक्ष र विपक्ष छन् । त्यसकारण, हामी भन्न सक्दैनौं कि केवल एउटा जीवन रमाईलो छ तर गाउँले जीवनको उज्ज्वल पक्षलाई हेर्दा हामी गाउँको जीवन तनावमुक्त र स्वस्थ पाउँछौं । यसरी शहरिया भन्दा गाउँले जीवन राम्रो छ भन्ने निष्कर्षमा पुग्न सकिन्छ ।  

प्रकाशित: ३ जेष्ठ २०७७ ०९:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App