२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

जनकपुरलाई ‘अध्यात्मको राजधानी’ बनाउने मनिष झाको उद्घोष

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले जनकपुरलाई विश्वभर अध्यात्मको राजधानीका रूपमा चिनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

सोमबार जनकपुरधाममा आयोजित ‘परिवर्तन उद्घोष सभा’ लाई सम्बोधन गर्दै झाले मुम्बई गणेश पूजाले र कोलकाता काली पूजाले चिनिएजस्तै जनकपुरलाई अध्यात्मको केन्द्रका रूपमा स्थापित गर्ने आफ्नो मुख्य संकल्प रहेको बताए।

आफ्नो बाल्यकाल र शिक्षादीक्षा जनकपुरकै जानकी हाई स्कुल र राराब क्याम्पसमा भएको स्मरण गर्दै झाले आफू बालेन शाहको नेतृत्वको सरकारको एक सिपाही र सहकर्मीको रूपमा काम गर्न तयार रहेको बताए।

‘म बालेनजीको नेतृत्वमा बन्ने सरकारको एक अनुयायी र सहकर्मीको रूपमा रहन चाहन्छु,’ झाले भने, ‘तर त्यसका लागि तपाईंहरूको मत, मन र आशीर्वाद चाहिन्छ।’

जनकपुरको विकासको खाका प्रस्तुत गर्दै उनले यहाँ राम जानकी रङ्गशाला निर्माण गरेर अन्तर्राष्ट्रिय स्तरका खेलकुद आयोजना गर्ने र जानकी मन्दिरलाई युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गराउने प्रतिबद्धता जनाए।

प्रकाशित: ५ माघ २०८२ १५:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App