८ वैशाख २०८१ शनिबार
अन्य

'मलाई आत्मसमर्पण गराउन खोजिएको हो? असत्यको अगाडि कहिले पनि तर्सिन्न'

काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद जनार्दन शर्माले स्वेतपत्र जारी गरेर कसैलाई नतर्साउन चेतावनी दिएका छन्। प्रतिनिधिसभाको विशेष समयमा बोल्दै शर्माले गलत तथ्यहरु राखेर स्वेतपत्रको नाममा कसैलाई नतर्साउन चेतावनी दिएका हुन्।

 शर्माले आफुले गृहमन्त्रीबाट २०७४ असोज ३० गते नै राजीनामा दिएको भए पनि २०७४ कात्तिक १३ गते भएको भनिएको निर्णयमा आफ्नो नाम जोडिएकोप्रति गम्भिर आपत्ति जनाए। २०७४ असोज ३० गते नै आफु गृहमन्त्रीको जिम्मेवारीबाट बाहिरिएको उल्लेख गर्दै उनले तर्साउन नाम जोडिएको हो ? वा मलाई आत्मसमर्पण गराउन खोजिएको हो ? भन्दै प्रश्न गरे। उनले आफुलाई तर्साउन खोजिएको भएपनि आफू असत्यको सामु नझुक्ने बताए।

उनले भने, यदि त्यसरी यहाँ मलाई तर्साउन खोजिएको हो भने म असत्यको अगाडि कहिले पनि तर्सिन्न। सरकारले मलाई ढाट्न सक्ला तर जनता र मतदातालाई ढाँट्न सक्छ ? जनता र मतदातालाई ढाँट्ने सरकारले कहिले पनि काम गर्न सक्दैन्। कसरी विश्वास गर्ने यहाँ विश्वासको संकट प-यो। विश्वासको संकट प-यो यहाँ। नभएको मान्छेको नाम लेखेर मिडियाबाजी गराउने काम किन गरियो। मर्लाइ शंका उत्पन्न भयो। मलाई जवाफ चाहिन्छ विश्वासको संकट प-यो।’

आफूले सरकारकाविरुद्धमा कुनै लगत कुरा नबोलेको भए पनि आफूलाई किन तर्साउन खोजियो भन्दै उनले प्रश्न गरे म अचम्ममा परे यो स्वेतपत्र हो की अस्वेत पत्र। मैले कुनै गलत कुरा त बोलेको छैन् तर राज्यव्यवस्था समिति हुँदा कुनै ऐनहरु आउँछन् जो ऐन संविधानभन्दा बाहिर आएर ऐनहरुलाई संशोधन गर्ने कुरामा बोल्छु। परिमार्जन गर्न म पनि लाग्ने गरेको छु। अर्को कुरा विकाश समृद्धिका लागि भ्रष्टाचार अन्त्य हुनुपर्छ। सरकार दलालको घेराबाट मुक्त हुनुपर्छ भनेर मैले भनिरहेको छु। जनताको विकास निर्माणको तिव्र चाहाना छ। सरकारले यसतर्फ जानुपर्छ भनेको छु। अरु केही गरेको छैन्।’  

उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका निर्णयहरुमा नाम उल्लेख नहुनु र त्यो भन्दा अगाडिको सरकारले गरेका निर्णयमा नाम लेखिनुले पनि आशंका उब्जाएको बताए। उनले भने, म कात्तिक १३ गते होइन असोज ३० गतेबाट गृहमन्त्रीको जिम्मेवारीबाट म हटेको छु। पत्रकार सम्मेलन गरेर। त्यसपछि विना विभागिय जिम्मा थियो। मन्त्री नै नभएको नाम लेखिनुको कारण के ? लेख्नुपर्ने नाम किन लेखिएन् ?’

स्वेतपत्रमा देखिएका कुराहरुको विषयमा बुझ्नका लागि ट्रष्टको कार्यालयमा गएर निवेदन दिएपनि त्यहाँका कर्मचारीले कुनै कागजपत्र नै नदिएको उनले बताए। त्यहाँका कर्मचारीलाई आफू गृहमन्त्री हुँदा ट्रष्टको कार्यालयमा नै नआएको भए पनि आफ्नो नाम कसरी जोडियो भनेर सोध्दा कर्मचारीहरुले पनि ‘तपाईको पालामा कुनै निर्णय नै भएको थिएन’ भनेर भनेको शर्माले बताए।

उनले भएको नाम नलेख्ने तर नभएको नाम लेख्ने भन्दै यसको जवाफ प्रधानमन्त्री र गृहमन्त्रीले दिनुपर्ने बताए। शर्माले ट्रष्टले लिजमा दिएका सबै सम्पत्ति फिर्ता गरेर नयाँ तरिकाले अगाडि बढुनपर्ने माग समेत गरे।

प्रकाशित: १५ फाल्गुन २०७६ ०८:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App