६ माघ २०८२ मंगलबार
image/svg+xml
अन्य

सुन्तलाबारीमा क्यानोनिङ

स्याङ्जाको सुन्तलाबारी गाउँ सुन्तलाले पहेंलपुर भएको छ। वालिङ नगरपालिका– ४ खाल्टेले सुन्तलाबारीको चिनारी बनाएको धेरै वर्ष भैसक्यो। दक्षिण फर्केको पहाडी गाउँका सुन्तला रसिला र गुलिया छन्। गाउँमा सुन्तला मात्र होइन, झरना, गुफा, खोंच र वन पनि छन्। गाउँमा ३२ घर छन्, गुरुङका २९ घर हुन् भने बाँकी ३ घर बाहुनका।

गाउँबाट डेढ घन्टा उकालो चढेमा अन्नपूर्ण, धौलागिरि लगायत हिमाल देखिन्छ।  गाउँको पुछारमा ३५ र २८ मिटरका दुइटा झरना छन्। ३५ मिटर लामो झरनाको नाम ‘कुलमान घिसिङ झरना’ राखिएको छ। नेपाललाई लोडसेडिङ मुक्त बनाउने अभियानका नायक कुलमानको सम्मानमा गाउँलेले झरनाको नामाकरण गरेका। 

दुवैै झरनामा क्यानोनिङ गराइन्छ। गाउँका १५ घरमा होमस्टे सुविधा छ। यही सुन्दर गाउँको पर्यटन विकासमा टेवा पु-याउन यही पुस १७ देखि २० गतेसम्म ‘क्यानोनिङ, सुन्तला तथा सांस्कृतिक महोत्सव’ गरिँदैछ। सुन्तलाबारी सामुदायिक होमस्टे र स्याङ्जा क्यानोनिङ तथा पर्यटन प्रवद्र्धन समितिको आयोजनामा महोत्सव गर्न लागिएको।

  

महोत्सव संयोजक मोहन खनालका अनुसार महोत्सवमा खेलकुद प्रतियोगिता, सस्तो मुल्यमा सुन्तला विक्री, सांस्कृतिक कार्यक्रम र क्यानोनिङ लगायतका गतिविधि गरिनेछ।  
कसरी पुग्ने : काठमाडौं–पोखरा २०० किमि। पोखराबाट ५७ किमिमा सिद्धार्थ राजमार्गको त्रियासी। त्रियासीबाट पूर्व ७ किमिमा खाल्टे गाउँ। जीप तथा बाइक गाउँसम्मै जान्छन्। त्रियासीबाट हिँडेर जाँदा दुई घन्टा।  
सम्पर्क : मोहन खनाल–९८४१२८७३२१

प्रकाशित: ५ पुस २०७६ ०३:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App