२९ असार २०७७ सोमबार
अन्य

छुवाछुतविरुद्ध बुद्ध

गौतम बुद्ध (इ.पू. ५६३–४८३) लाई आफ्नो समयको ‘महान् समाज सुधारक’ वा ‘क्रान्तिकारी समाज सुधारक’ भनेर बुझ्ने र चिनाउने गरिन्छन्।

जीवन दुःखमय भएको यथार्थलाई जानी यसबाट मुक्त हुनु नै बुद्ध र बौद्ध धर्मको मुख्य उद्देश्य हो। जसलाई दार्शनिक अर्थमा बुझ्न ‘निर्वाण’ शब्दको प्रयोग गरिएको छ। जीवनलाई हेर्ने दार्शनिक दृष्टिकोणहरूको माहोलमा बुद्धले एउटा बेग्लै दर्शन मात्रै दिएको नभएर व्यावहारिक अभ्यासले दुःखबाट मुक्ति सम्भव भएको प्रमाणित गर्नु बुद्धको सफलता हो। बौद्ध दर्शनको तात्पर्य जीवन समाजमा अभ्यस्त हुनु नभएर विरक्त भई टाढिनु हो। यस हिसाबले बुद्धलाई समाज सुधारक वा यस्तै सांसारिक नेतृत्वकर्ताका रूपमा बुझ्नु र बुझाउनु तर्कसंगत होइन। यसो हुँदाहुँदै पनि बुद्धको आनीबानी, क्रियाकलाप तथा धर्म उपदेश समाजका विविध पक्षसँग सम्बन्धित रहेको पाइन्छ। आफ्नो मतवादलाई स्थापना गर्न र व्यवहारमा उतार्नमा व्यवधानका रूपमा रहेका सामाजिक कुराहरूको व्यवस्थापन गर्ने क्रममा बुद्धले कतिपय कुरालाई उपायकौशलले व्यवस्थापन गर्ने क्रममा समाज सुधारका कार्य हुन गएको पाइन्छ। कतिपय सन्दर्भमा बुद्ध तत्कालीन समाजका मूल्य–मान्यताका विरुद्ध खरो रूपमा उत्रँदा क्रान्तिकारी सुधारककै छवि बन्न पुग्यो। यी अनेक पक्षमा एउटा हो, जाति व्यवस्था वा जातीय विभेद। बुद्धलाई जन्मको आधारमा जातिगत वर्गीकरण तथा विभेद मान्य छैन।

बुद्ध र बौद्ध धर्मको प्रसंगमा ‘त्रिपिटक’को कुरा आउँछ। बुद्धका उपदेशलाई विषयवस्तुका आधारमा तीन समूहमा विभाजन गरी विभिन्न ग्रन्थलाई ‘सुत्तपिटक’, ‘विनयविटक’ र ‘अभिधम्मपिटक’मा व्यवस्थित गरिएको छ। भिक्षु तथा भिक्षुणीहरूका लागि निर्दिष्ट गरिएका नियमको संकलन ‘विनयविटक’ हो। यी नियम बुद्धले एकैचोटि बनाएको नभएर आवश्यक अनुसार विभिन्न समयमा सन्दर्भ र प्रसंगमा बनाएका थिए। र, यसरी बनेका विनय वा नियममा भिक्षु उपालि चनाखो भएर स्मरणमा राख्थे। बुद्धको जीवनकालमै अन्य भिक्षु विनयका बारेमा बुुझ्नुप¥यो भने भिक्षु उपालिसँग सोध्न जान्थे। बुद्धको महापरिनिर्वाणपछि पहिलो बौद्ध संगायनमा उनैका स्मरणलाई संकलन गरी ‘विनयपिटक’को व्यवस्था गरिएको हो। भिक्षु उपालि समाजको मान्यताअनुसार जन्मका आधारमा तल्लो जातिका व्यक्ति थिए। शाक्य राजकुमारहरूको सेवा–सुश्रुषामा खटिएका यिनी भिक्षु बन्न जाँदाको प्रसंगले जातीय व्यवस्थामाथि बुद्धको दृष्टिकोण छर्लंग पार्दछ। सारनाथमा ‘धर्मचक्रप्रवत्र्तन’ पछि तत्कालीन युवकहरू आफ्नो कूल–परम्परा छाडी बुुद्धसँग बौद्ध धर्ममा दीक्षित हुने र भिक्षु भन्ने लहर नै चलेको थियो। यस क्रममा कपिलवस्तुुबाट पनि ठूलो संख्यामा युवाहरू भिक्षु बने। भद्दीय, अनुरुद्ध, आनन्द, भगु, किम्भिल र देवदत्त गरी ६ जना शाक्य कुुमार कतै शयर गर्न गइरहेका थिए, उनीहरूका धेरैजसो साथी भिक्षु बन्न गइसकेका थिए। यी ६ शाक्य कुुमारको मनमा के कुरा खेल्यो, आपसमा सल्लाह गरी घर नफर्की बुद्धकहाँ भिक्षुत्व ग्रहण गर्ने निष्कर्षमा पुुगे। आफूहरूसँग भएको गरगहना साथमै रहेका सेवक उपालिको हातमा घर पठाई उनीहरू मात्र राजगृहतिर लागे। त्यो बेला बुद्ध मल्ल राजाहरूको अनोमा नदी किनारमा रहेको अनुुप्रिय नामक आम्र वनमा बसिरहेका थिए। कपिलवस्तु नगरतर्फ फर्किरहेका उपालिलाई लाग्यो, आफूू पनि भिक्षु बन्न किन नजाने ? शाक्य कुुमारहरूका गरगहनाको पोको बाटोको छेउमा रहेको रूखमा झुुन्ड्याएर उनी बुद्ध रहेकै दिशातर्फ सोझिए। उपालि आम्रवन पुुग्दासम्म ६ शाक्य कुमारलाई प्रव्रज्या दिने काम (भिक्षुु बनाउने विधि) भइसकेको थिएन। यी शाक्य कुमारलाई भन्दा पहिले उपालिलाई प्रव्रज्या दिने काम भयो। बुद्धको संघमा ज्येष्ठताको निर्धारण उमेरका आधारमा नभएर प्रव्रज्या लिएको समयको आधारमा हुने गर्छ। कुनै पनि भिक्षुले आफूभन्दा ज्येष्ठलाई वन्दना गर्नुपर्छ। भिक्षुुत्व ग्रहण गरेर पनि शाक्य कुुमारहरूमा जातीय अभिमान हुन सक्ने भयले यसरी उपालिलाई सर्वप्रथम भिक्षु बनाइएको थियो।

तल्लो जातका भनिएका सुुमित बिहान सबेरै उठेर बाटो बढार्ने काम गर्थे। त्यो बेला समाजमा छोइछिटोको अवधारणा यति चर्को थियो कि, उनको छाया मात्र पर्दा पनि अन्य व्यक्तिले नुहाउनुपर्ने मान्यता थियो। यो कुरा थाहा पाएर एकाबिहानै बुद्ध सुुमितले बाटो बढारिरहेको ठाउँमा पुगे। बुद्ध आफूूतर्फ आइरहेको देखेपछि सुमित बाटोमुुनि लुक्न गए। बुद्धले उनलाई बोलाएर कुरा गरे।

सुुमित नामका एक व्यक्ति बुद्धको समयमा थिए। तल्लो जातको भनिएका उनी बिहान सबेरै उठेर बाटो बढार्ने काम गर्थे। त्यो बेला समाजमा छोइछिटोको अवधारणा यति चर्को थियो कि, उनको छाया मात्र पर्दा पनि अन्य व्यक्तिले नुहाउनुपर्ने मान्यता थियो। तसर्थ दिनमा उनी नगरमा देखा पर्दैनथे। कोही मान्छे बाटोमा हिँड्नुुअघि नै बाटो बढार्ने काम सकाइसक्थे। यो कुरा थाहा पाएर एकाबिहानै बुद्ध सुुमितले बाटो बढारिरहेको ठाउँमा पुगे। बुद्ध आफूूतर्फ आइरहेको देखेपछि सुमित बाटोमुुनि लुक्न गए। बुद्धले उनलाई बोलाएर कुरा गरे। हिजोसम्म छिःछि र दूरदूर गरिएका सुुमितलाई स्वयं बुद्ध भेट्न जानु र बडो मैत्रीभावले अपार करुणा राखी कुरा गर्नु आफैँमा कल्पनातीत थियो। बुद्धले उनलाई उपदेश मात्रै दिएनन्, भिक्षुु बन्नका लागि आमन्त्रित गरे। भिक्षु संघमा जातीय विभेद हुँदैनथ्यो। बरु शील, सदाचारले सम्पन्न हुने जो–कोहीलाई सम्मानित गरिन्थ्यो। सुुमितको कुरा एउटा उदाहरण हो।

भिक्षुु आनन्दसँग मोहित भएकी प्रकृति नाउँकी युवती चाण्डाल (शूद्र) जातिकी थिइन्। बुद्धले बडो युक्तिसंगतले ती युवतीलाई जीवनको सार्थकता बुुझाएनन् मात्रै, भिक्षुुणी पनि बनाइदिए। यस प्रकार भिक्षु तथा भिक्षुुणी संघमा कुनै निश्चित जाति वा समुदाय मात्रै नभएर सबैको समावेश गरिएको थियो।

बुद्ध र बौद्ध धर्मका अनुसार मान्छे–मान्छे बीचमा मात्रै होइन, तमाम जीवजन्तुु बीचमा तात्वक भेद छैन। यी सबै सत्व हुन् र कर्मअनुसार विभिन्न योनिमा जन्म लिएका मात्रै हुन्। यो सत्वभित्र मान्छे लगायत पशुुपक्षी मात्रै नभएर अनेकौँ इन्द्र, ब्रह्मा तथा देवी–देवता एवं प्रेत र तिर्यक योनिमा जन्म लिएकाहरू पनि पर्छन्। सबैमा मैत्री दृष्टि राख्नुपर्छ र करुणाले ओतप्रोत हुनुुपर्छ। सबै सत्व (प्राणी)मध्ये बौद्ध धर्मले मनुुष्यलाई विशिष्ट वर्गमा राखिनुुको खास कारण यो अन्यभन्दा विशिष्ट हुनुु हो। एउटा बौद्ध गाथामा ‘मनो उस्सानं येसं ति मनुस्सा’ अर्थात् ‘जुन सत्वको मन तीक्ष्ण र उत्कृष्ट रहेको हुन्छ, त्यसलाई मनुुष्य भनिन्छ’ भनिएको छ। धर्म लाभ गर्नमा मनुुष्य अग्र हुन्छन्। निर्वाण लाभी मनुुष्य नै हुन्छन्।

वैदिक समाज वर्ण र जातिका सवालमा बडो संवेदनशील हुन्छ। जातिवादको एउटा प्रमुख विशेषता तहगत हुनु हो, यसअनुसार एउटा निश्चित तहको जातिलाई अन्य निश्चित तहले अत्यन्तै आदर सत्कार गर्ने तथा तल्लो तहलार्ई स्वभावतः दुत्कार्ने गरिन्छ। हेप्नुु र हेपिनुुको औचित्य पुष्टि गर्न अनेक कथा–कहानी तथा तर्क–वितर्कको सिर्जना गरिएका पनि छन्। यस्तो विभेदपूूर्ण सामाजिक मान्यता बुद्धको समयमा पनि विद्यमान थियो। तत्कालीन ब्राह्मणहरू अन्य कुराका अतिरिक्त जातीय शुुद्धतामा बडो ध्यान दिन्थे र हरबखत चर्चा गरेर बस्थे। तर ब्राह्मण विद्वान्बीचमै पनि कतिपय अवस्थामा एक मत हुँदैनथ्यो, समाधानका लागि बुद्धसँग परामर्श लिन पुुग्थे। अथवा यस विषयमा बुद्धसँग विवाद गर्न आउँथे। यस क्रममा ब्राह्मणहरूसँग जातीय व्यवस्थाबारे भएका संवादहरू त्रिपिटकको दीघनिकाय, मज्झिमनिकाय, संयुक्तनिकाय आदिमा छरिएर रहेका ‘अम्वट्ठ सुुत्त’, ‘एसुुकारी सुत्त’, ‘वासेट्ठ सुत्त’, ‘वसल सुुत्त’, ‘सुुन्दरिक भारद्वाज सुत्त’, ‘सोणदण्ड सुुत्त’ लगायतमा परेको छ। यसरी नै बुुद्धको महापरिनिर्वाणपछि अवन्ती राजाकी छोरीका पुत्र राजा मधुुरले मधुरा (मथुरा) स्थित गुुन्दावन (वृन्दावन)मा भिक्षु महाकात्यायनसँग गरेको संवाद पनि जातीय व्यवस्थासँग नै सम्बन्धित छन्। ‘मधुर सुत्त’ नाममा रहेको यसमा ब्राह्मणहरू मात्रै शुुद्ध हुन सक्छन्, अब्राह्मणहरू शुुद्ध हुन सक्दैनन् तथा ब्राह्मणहरू मात्र ब्रह्माका औरसपुत्र, मुखबाट निस्केका, ब्रह्मज, ब्रह्मनिर्मित तथा ब्रह्मदायाद भन्ने कुरा होहल्ला मात्रै रहेको र धनद्वारा ब्राह्मण पनि नोकर हुन सक्ने र जातिले पाप–पुण्य छेक्न नसक्ने कुरा परेको छ। यसरी नै ब्राह्मण कसलाई भन्ने वा नभन्ने प्रसङ्गमा बुद्धले दिएका कतिपय गाथाहरू त्रिपिटककै एउटा सानो ग्रन्थ ‘धम्मपद’ मा संकलित छन्।

भारत तथा नेपालका कतिपय समाज जातिवादले कतिसम्म जकडिएको छ भन्ने सन्दर्भमा स्वयं ब्राह्मण समाजले नै जातिवादको अनौचित्यमाथि प्रकाश पार्दा पनि त्यसको प्रभाव हटाउन नसक्नुुबाट बुुझिन्छ। यसको विपरीत बुद्धको शिक्षा अंगीकार गरेको भन्दै बौद्ध धर्म अपनाउनेहरूले सिद्धान्ततः जातिवादलाई स्वतः त्याग्नुपर्ने हो। यस्ता कतिपय सामाजिक कुुरीतिले गर्दा समाजको विकासमा बाधा पुुगेको भन्दै बौद्ध समाजले विकासको गति लिने मान्यता राखिन्छ। तर, नेपालका कतिपय बौद्ध समाज व्यवहारमा जातिवादमा जकडिन पुुगेको पाइन्छ। जातिवादको विरोध गरेरै अगाडि बढेको बुुद्ध र बौद्ध धर्मलाई अनुशरण गर्ने भनिएको बौद्ध समाजमै पनि जातिवादको प्रभाव पाइनु बौद्ध धर्मको मूल्य–मान्यता विपरीत र विकृति हो। बुद्ध र बौद्ध धर्मका सवालमा जसले जति बोले पनि जातिवादको हाबी हुुन्जेल ती जम्मै कुरा वाणीविलास मात्रै हुन्छन्। बौद्ध धर्म भएको ठाउँमा जातिवाद हुँदैन र जातिवाद भएको ठाउँमा बौद्ध धर्म टिक्न सक्दैन भन्ने कथनले धेरै कुरालाई कुरालाई स्पष्ट गर्छ।

प्रकाशित: २३ कार्तिक २०७६ ०७:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App