coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

लोकसेवा तयारी, विषयगत प्रश्नोत्तर

– लेखन/संकलनः देवराज लुइँटेल
विषयगत प्रश्नोत्तर
१. राष्ट्रिय सतर्कता केन्द्रको काम, कर्तव्य र अधिकार उल्लेख गर्नुहोस्।  
भ्रष्टाचार विवारण ऐन, २०५९ बमोजिम राष्ट्रिय सतर्कता केन्द्रको काम, कर्तव्य र अधिकार निम्नाुसार छन्:
(क) नेपाल सरकारका मन्त्रालय, विभाग, कार्यालय र सार्वजनिक संस्थाबाट सम्पादन हुनु पर्ने कार्यहरू नियमित रूपमा भए/नभएको विषयमा सूचना संकलन गर्ने,
(ख) नेपाल सरकारका मन्त्रालय, विभाग, कार्यालय वा सार्वजनिक संस्थाबाट नियमित रूपमा हुनु पर्ने कार्य भएको नपाइएमा त्यस्ता निकायलाई सो विषयमा सतर्क गर्ने,
(ग) सार्वजनिक पद धारण गरेको व्यक्तिले प्रचलित कानुनबमोजिम दिइएको सम्पत्ति विवरण र आयको अनुगमन गर्ने,
(घ) भ्रष्टाचार हुन सक्ने स्थान वा काममा नियमित निगरानी राख्ने, छड्के जाँच र अन्वेषण गर्ने आवश्यक व्यवस्था मिलाउने,
(ङ) भ्रष्टाचार नियन्त्रण सम्बन्धमा अपनाउनु पर्ने नीति, रणनीति र तत्सम्बन्धी कानुनमा कुनै सुधार गर्नु पर्ने देखिएमा नेपाल सरकारलाई आवश्यक सुझाव दिने,
(च) नेपाल सरकारका मन्त्रालय, विभाग, कार्यालय वा सार्वजनिक संस्थामा उजुरीपेटिका राख्ने व्यवस्था मिलाउने,
(छ) भ्रष्टाचारको रोकथाम गर्ने उद्देश्यले आवश्यकता अनुसार सम्बन्धित निकायलाई कुनै सुझाव वा निर्देशन दिने,
(ज) भ्रष्टाचारसम्बन्धी कसुरमा अनुसन्धान गर्ने निकाय वा पदाधिकारीबाट भ्रष्टाचार सम्बन्धी आवश्यक विवरण वा सूचना प्राप्त गरी अद्यावधिक गराई राख्ने,
(झ) भ्रष्टाचारसम्बन्धी प्राप्त कुनै जानकारी सम्बन्धित निकायमा लेखी पठाउने,
(ञ) भ्रष्टाचार नियन्त्रण सम्बन्धमा आइपर्ने अन्य कार्य गर्ने वा गराउने।
(ट) नेपाल सरकारले तोकेको अन्य कार्य गर्ने, गराउने।
अन्त्यमा,
     राष्ट्रिय सतर्कता केन्द्रले नेपाल सरकारका निकायहरूलाई अनुगमन एवं  निर्देशनको सहायताले नियममा राख्नुका साथै आवश्यकताअनुसार कारवाही गरी भ्रष्टाचार नियण्त्रण गर्ने तथा सुशासन प्रवद्र्धन गर्ने कार्य गर्छ।  
२. अन्तःशुल्कको परिभाषा र उद्देश्यमाथि प्रकाश पार्दै नेपालमा कस्ता कस्ता वस्तुहरूमा अन्तःशुल्क लाग्ने गर्छ, उल्लेख गर्नुहोस्।
अन्तःशुल्क
-    देशभित्र उत्पादन भई बिक्री वितरण तथा उपभोग हुने वस्तुमा लगाइने शुल्कलाई अन्तःशुल्क भनिन्छ।
-   अन्तःशुल्क वस्तु तथा सेवामा लाग्ने अप्रत्यक्ष कर हो।  
-    साविकमा यो कर देशभित्र उत्पादित वस्तु तथा सेवामा मात्र उठाइने भएकाले यसको नाम अन्तःशुल्क रहन गएको हो।  तर, अहिले यो कर आन्तरिक उत्पादनको अतिरिक्त आयातित वस्तु तथा सेवामा पनि लगाउने व्यवस्था गरिएको छ।  
-    मानव स्वास्थ्य र वातावरणमा असर गर्ने वस्तुको उत्पादन एवम् प्रयोगलाई निरुत्साहित गर्न र नियन्त्रण गर्न यो करको व्यवस्था गरिएको हो।  
-     नेपालमा पहिले मदिराजन्य र सुर्तीजन्य वस्तु लगायतका वस्तुमा अन्तःशुल्क लगाउने गरिएकोमा अन्तःशुल्क ऐन, २०५८ ले आयात र सेवामा पनि अन्तःशुल्क लगाउन सक्ने नयाँ व्यवस्था गरी यसको दायरालाई फराकिलो बनाएको छ।  
-    आर्थिक ऐन, २०६८ ले ५० वटा वस्तुमा अन्तःशुल्क लगाउन सक्ने व्यवस्था गरेको छ।  

अन्तःशुल्कका उद्देश्यहरू

-    मानव स्वास्थ्य एवम् वातावरणमा हानी पु¥याउने वस्तुको उत्पादन र उपभोगमा नियन्त्रण गर्ने,
-    विलासिताका वस्तुको उत्पादन तथा उपभोगलाई व्यवस्थित गर्ने,
-    राजश्वको संकलन गर्ने,
-    नेपालमा उत्पादित वा पैठारीजन्य वस्तुको सेवामा अन्तःशुल्क लगाउने र असुलउपर गर्ने कार्यद्वारा अन्तःशुल्क व्यवस्थापनलाई नियमित गर्ने,
-     सामाजिक न्याय, शान्ति सुरक्षा र अनुशासन कायम गर्ने,
-    मुलुकको आर्थिक विकासको लागि आवश्यक राजस्व संकलनमा अभिवृद्धि गर्ने
अन्तःशुल्क लाग्ने केही वस्तुहरू
-    सुर्ती र सुर्तीजन्य पदार्थ
-    मदिरा र मदिराजन्य पदार्थ
-    सवारी साधन
-     मार्बल
-    फलामे डण्डी
-     चाउचाउ
-     इँटा, सिमेन्ट
-    कत्था, कत्थारस
-   पानमसला
-     खुदो
-     तयारी फलफुलको रस आदि।
३. मूल्य अभिवृद्धि कर भनेको के हो ? मुल्य अभिवृद्धि करका उद्देश्यहरू के–के हुन् ?

मूल्य अभिवृद्धि कर

-     वस्तु तथा सेवाको मूल्यमा वृद्धि हुँदा बढेको मूल्यमा लाग्ने करलाई मूल्य अभिवृद्धि कर भनिन्छ।
-     मूल्य अभिवृद्धि कर वस्तु तथा सेवामा आधारित अप्रत्यक्ष कर हो।  
-     जर्मनीका बिल हेल्म भोन साइमन्सले सन् १९१९ मा पत्ता लगाएका हुन्।  नेपालमा वि. सं. २०५४ मंसिर १ गतेदेखि कार्यान्वयनमा आएको हो।
-    मूल्य अभिवृद्धि कर मूलतः दुई अवधारणाको आधारमा गर्ने गरिन्छ।  ती हुन्, उत्पत्तिको सिद्धान्त र गन्तव्यको सिद्धान्त।  उत्पत्तिको सिद्धान्तमा आयात करमुक्त हुन्छ भने निर्यात करको दायरामा आउँछ, अर्कोतर्फ गन्तव्यको सिद्धान्तमा निर्यात करमुक्त हुन्छ भने आयात करको दायरामा आउँछन्।
-     करकट्टी र कर फिर्ता यसका महŒवपूर्ण विशेषताहरू हुन्।
-     यो बिक्री करको सुधारिएको रूप हो साथै लेखामा आधारित आधुनिक कर हो।   
-  नेपालमा मूल्य अभिवृद्धि करको गणना ट्याक्स क्रेडिट मेथडबाट गरिन्छ।
-     नेपालमा हाल १३ प्रतिशत मू.अ.क. कायम गरिएको छ।
-     मूल्य अभिवृद्धि करलाई व्यवस्थित गर्न नेपालमा मु.अ. कर ऐन, २०५२ र नियमावली २०५३ लागू गरिएको छ।
मूल्य अभिवृद्धि करका उद्देश्यहरू

-    करको दायरा फराकिलो बनाउने,
-     राजश्व चुहावट नियन्त्रण गर्ने,
-    राजश्व संकलनमा वृद्धि गर्ने,
-     वैज्ञानिक कर प्रणालीको रूपमा कार्य गर्ने,
-    स्वयं कर निर्धारण प्रणालीलाई प्रोत्साहन गर्ने,
-     निकासीलाई प्रोत्साहन गर्ने।
-     आर्थिक असक्षमता हटाउने,
४. धरौटी स्रेस्ता प्रणालीको परिचय दिनुहोस्।  

धरौटी स्रेस्ता प्रणाली

-    धरौटी रकम भन्नाले कुनै काम टुंगो नलागेसम्म सुरक्षणबापत राखिएको जमानत रकम (रिटेन्सन मनी) वा अर्नेस्ट मनी वा सो बापतको बिडबण्ड वा परफरमेन्स बण्ड सम्झनुपर्छ  र सो शब्दले अन्य कुनै कारणले सुरक्षण राख्नुपर्ने भई सोबापत राखिएको रकम समेतलाई जनाउँछ।
-     यस्तो रकम सरकारी खातामा जम्मा गरेता पनि काम टुंगो लागी सदर स्याहा नभएसम्म सरकारको आम्दानी वा राजश्व होइन।
-     यस्तो रकम या त सदर स्याहा भई राजश्वमा आम्दानी बाधिन्छ या त काम सम्पन्न भएपश्चात् सम्बन्धित पक्षलाई फिर्ता गरिन्छ।
-     अतः सरकारलाई प्राप्त धरौटी रकम फिर्ता गर्ने, जफत गर्ने र सदर स्याहाको कारवाहीलाई व्यवस्थित गर्न राखिने स्रेस्ता प्रणाली नै धरौटी स्रेस्ता प्रणाली हो।
-     अर्को अर्थमा भन्नुपर्दा, धरौटी रकमको व्यवस्थित अभिलेखांकन र सोको प्रतिवेदन गर्ने गरी तयार पारिएको स्रेस्ता हो, जसले धरौटी प्रशासनलाई स्वच्छ, पारदर्शी, नियमित र उत्तरदायी बनाउन मद्धत गर्छ।  
५. पन्धौं योजनाका राष्ट्रिय उद्देश्य र रणनीति उल्लेख गर्नुहोस्।  (५+५= १०)

पन्धौं योजनाका राष्ट्रिय उद्देश्य  

-    सर्वसुलभ, गुणस्तरीय र आधुनिक पूर्वाधार निर्माण, उत्पादनशील र मर्यादित रोजगारी अभिवृद्धि, उच्च, दिगो र समावेशी आर्थिक वृद्धि तथा गरिबी निवारण गर्दै समृद्धिको आधार निर्माण गर्नु।
-     गुणस्तरीय स्वास्थ्थ शिक्षा, स्वास्थ्य तथा सन्तुलित वातावरण, सामाजिक न्याय  र जवाफदेही सार्वजनिक सेवा कायम गरी संघीय शासन व्यवस्थाको सुदृढीकरण गर्दै नागरिकलाई मर्यादित र परिस्कृत जीवनयापनको  अनुभूति गराउनु।
-    सामाजिक आर्थिक रूपान्तरण तथा स्वाधीन राष्ट्रिय अर्थतन्त्र निर्माण गरी देशको स्वाभिमान, स्वतन्त्रता र राष्ट्रिय हितको संरक्षण गर्नु।

पन्धांै योजनाका राष्ट्रिय रणनीति
-     तीव्र, दिगो र रोजगारमूलक, आर्थिक वृद्धि गर्ने,
-    सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षाको सुनिश्चितता गर्ने,
-     आन्तरिक तथा अन्तरदेशीय आबद्धता एवं दिगो सहर÷बस्ती विकास गर्ने
-     उत्पादन तथा उत्पादकत्व अभिवृद्धि गर्ने,
-    पूर्ण दिगो, उत्पादनशील सामाजिक सुरक्षा तथा संरक्षण प्रदान गर्ने,
-     गरिबी निवारण र आर्थिक सामाजिक समानता  सहितको  न्यायपूर्ण समाज निर्माण गर्ने,
-     प्राकृतिक स्रोतको संरक्षण र परिचालन  तथा उत्थानशिलताको विकास गर्ने,
-     सार्वजनिक सेवाको सुदृढीकरण, प्रादेशिक सन्तुलन र राष्ट्रिय एकता  सम्बद्र्धन गर्ने।

 ६. नेपालका स्थानीय तहहरूले के–कस्ता अनुदान प्राप्त गर्छन् ? लेख्नुहोस्।  

       संघीयताको कार्यान्यन सँगै नेपालका स्थानीय तहहरूले वित्तीय सामान्यीकरण,  स–शर्त अनुदान, समपुरक अनुदान गरी तीन किसिमका अनुदान प्राप्त गर्छन्।  यसलाई निम्नानुसार प्रस्तुत गरिएको छ।  

१. वित्तीय सामान्यीकरण

-     नेपाल सरकार र स्थानीय तहको आवश्यकता र राजस्व आर्जन क्षमताको आधारमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसमा कानुनबमोजिम स्थानीय तहलाई प्रदान गर्ने अनुदान वित्तीय सामान्यीकरण हो।  
-     प्रदेश सरकारले पनि नेपाल सरकारबाट प्राप्त अनुदान र आफ्नो स्रोतवाट उठेको राजस्वलाई कानुनबमोजिम स्थानीय तहलाई प्रदान गर्ने कार्य गर्छ।  

२. स–सर्त अनुदान

-    कुनै योजना कार्यान्वयन गर्न स–सर्तसहित प्रदान गरिने अनुदान स–सर्त अनुदान हो।  
-     नेपाल सरकारले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्तीय आयोगको तोकेका आधारमा र प्रदेश सरकारले कानुनबमोजिम स्थानीय तहलाई यस्तो अनुदान दिने गर्छ।  

३. समपुरक अनुदान

-    पूर्वाधार विकाससम्बन्धी कुनै योजना कार्यान्वयन गर्न प्रदान गरिने रकम समपुरक रकम हो।  
-     स्थानीय तहको एकल प्रयास पूरा हुन नसक्ने ठूला प्रकृतिका आयोजनाको लागि समपुरक अनुदान प्रदान गरिन्छ।  
-     यो अनुदान आयोजनाको कुल लागतको आधारमा प्रदान गरिन्छ।  

    वस्तुगत प्रश्नोत्तर

१. फेसबुकद्वारा निर्मित डिजिटल करेन्सीलाई के भनिन्छ  ?
⇨ लिब्रा

(सामाजिक संजाल फेसबुकको स्थापना सन् २००४ फेब्रुअरी ४ मा भएको हो।  यसको प्रधान कार्यालय अमेरिकाको क्यालीफोर्नियामा रहेको छ।   यसका सस्थापक मार्क जुकरवर्ग  हुन्।   यसका मासिक सक्रिय प्रयोगकर्ता २.३ मिलियन रहेका छन्।  त्यसैगरी यस संस्थामा ३०,२७५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् )

२. नेपालमा वाणिज्य बैकको संख्या कति रहेको छ ?

⇨२८ वटा

(नेपालको पहिलो वाणिज्य बैंकको नाम नेपाल बैंक लिमिटेड हो।  हाल नेपालमा २८ वाणिज्य बैंक रहेका छन्। )

३. विश्व हात धुने दिवश कहिले मनाइन्छ ?

⇨ अक्टोवर १५

४. हेलिप्याड कार्यक्रम चलाउने स्थानीय तह कुन हो ?

⇨ ऐरावती गा.पा.प्युठान

५. प्रदेश १ को स्थायी राजधानी कहिले तोकियो ?

 ⇨ २०७६ वैशाख २३

६.  आ.व २०७६÷७७ को बजेटमा पूँजीगत बजेटको हिस्सा कति प्रतिशत रहेको छ ?

⇨२६.६ प्रतिशत

(आ.व.२०७६÷७७ को  बजेट  वि.सं २०७६ जेठ १५ मा प्रस्तुत  गरिएको हो।  बजेटको आकार १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रूपैयाँ रहेको छ।  जसमध्ये चालूतर्फ ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख र पूँजीगततर्र्फ ४ खर्ब ८ अर्ब ५९ लाख राजश्व परिचालन रु ८ खर्ब ६० अर्ब, वैदेशिक सहायता अनुदान ४६ अर्ब ७७ करोड, वैदेशिक ऋण २ खर्ब १० अर्ब २८ करोड, वित्तीय व्यवस्था– १ खर्ब ६७ अर्ब ५ करोड ९ लाख, ४ खर्ब ८ अर्ब ५९ करोड ८२ लाख  विनियोजन गरिएको छ। )

७. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राडारको स्थापना कुन देशको सहयोगमा गरिएको हो ?

⇨जापान सरकार

(नेपाललाई सबैभन्दा बढी सहयोग प्रदान गर्ने मुलुक जापान हो।  जापानको दातृ संस्थाको नाम जाइका हो।  यस देशले नेपाललाई त्रि.वि. शिक्षण अस्पताल, काठमाडौं नयाँ बसपार्क, साझा यातायात, कुलेखानी जलविद्युत आयोजना कर्णाली पुल लगायतमा सहयोग गरेको छ। )

८. सार्कको पहिलो शिखर सम्मेलन कहिले र कहाँ भएको थियो ?

⇨ वंगलादेशको ढाका (सन् १९८५)

(सन् १९८५ डिसेम्बर ७ र ८ मा बंगलादेशको ढाकामा प्रथम सार्क शिखर सम्मेलन भएको थियो।  हालसम्म सार्कका १८ ओटा शिखर सम्मेलन सम्पन्न भइसकेका छन् )

९. काठमाडौंको कलंकीमा रहेको कलंकी मालपोत कार्यालय देशकै पहिलो नमूना मालपोत कार्यालय कहिले घोषणा भएको हो ?

 ⇨ २०७६ असार ४

(भूमि प्रशासनमा प्रणालीगत सुधार गरी नवीनतम प्रविधिको प्रयोग र भूमि प्रशासनमा आवद्ध कर्मचारीको आचरण तथा व्यवहारमा परिवर्तन गर्दै सेवालाई नागरिकको नजिक पु¥याई नागरिकको मन जित्ने पद्दतिको विकास गर्न मालपोत कार्यालय कलंकीबाट सुरु गरिएको नमुना मालपोत कार्यालयको अवधारणालाई देशभरिका १३१ वटै मालपोत कार्यालयमा विस्तार गर्ने योजना भूमि व्यवस्थापन तथा अभिलेख विभागको छ।
 
१०. कृषि गणना २०६८ अनुसार सबैभन्दा बढी खेतीयोग्य जमिन भएका पाँच जिल्लाहरू कुन–कुन हुन् ?

⇨ मोरङ, झापा, सर्लाही, सिराहा, सुनसरी

(नेपालमा कृषि गणनाको सुरुवात वि.स २०१८ बाट भएको हो।  यो गणना हरेक १०÷१० वर्षमा  गरिन्छ।  छैटौं कृषि गणना २०६८ अनुसार कम खेतीयोग्य जमिन भएका पाँच जिल्लाहरूमा मनाङ, मुस्ताङ, डोल्पा,  रसुवा र  हुम्ला पर्छन् )

११.नेपाल भ्रमण वर्षअन्तर्गत सन् २०२० मा कति पर्यटक भित्र्याउने लक्ष्य राखेको छ ?

⇨ २० लाख

१२. दोश्रो विश्व युद्वका बेला नेपालमा को प्रधानमन्त्री रहेका थिए ?

⇨चन्द्रशम्शेर

१३. नेपाललाई सबैभन्दा बढी  सहयोग प्रदान गर्ने सार्क राष्ट्र कुन हो ?

⇨ भारत

(नेपाल–भारत दौत्य सम्बन्ध  सन् १९४७ जुन १३ मा भएको हो।  नेपालको सबैभन्दा बढी व्यापारिक घाटा पनि यसै राष्ट्रसँग रहेको छ। )

१४. नेपालको पूर्व– पश्चिम लम्बाइ कति रहेको छ ?
⇨ ८८५ कि.मि.

(नेपालको उत्तर दक्षिण औषत चौडाई १९३ कि.मि. रहेको छ )

१५. नेपालको सबैभन्दा ठूलो नदी कुन हो ?

⇨ कोशी

(कोशी नदी अरुण, तमोर, सुनकोशी, तामाकोशी, दुधकोशी, इन्द्रावती र लिखु मिली बनेको छ।  यो नदीको लम्बाइ ७२० कि.मि. रहेको छ।  )

१६. हेनरी फोयलले व्यवस्थापनका कति सिद्दान्त प्रतिपादन गरेका छन् ?

⇨ १४ सिद्दान्त

१७. शैक्षिक तथ्यांकले कुन कुरालाई सहयोग गर्छ ?  
⇨ शैक्षिक निर्णय गर्न

१८. नेपाली वैज्ञानिक सहितको टोलीले जापानबाट प्रक्षेपण गरिएको नानो स्याटलाइटको नाम के हो ?  
 
⇨ नेपाली स्याट– वान

१९. नेपालमा हाल कति प्रकारका नोट प्रचलनमा रहेका छन् ?
                        ⇨ ११ प्रकारका

(नेपालमा सर्वप्रथम कागजी नोटको निष्कासन वि.सं. २००१ असोज १ बाट भएकोे हो।   हाल रु १,  रु २, रु ५ , रु १०, रु २० रु २५ रु ५० रु १००, रु २५० रु ५०० र रु १००० गरी एघार प्रकारका नोट प्रचलनमा रहेका छन्। )

२०.  घोडाघोडी ताल कुन जिल्लामा पर्छ ?

⇨ कैलाली

(कपिल ताल पनि भनिने घोडाघोडी ताल हत्केला आकारको छ।  यो ताल १३८ हेक्टर क्षेत्रफलमा फैलिएको छ।  आसपासका तालहरूको समेत क्षेत्रफल लिँदा यस तालको क्षेत्रफल २,५६३ हेक्टर हुन्छ।  यस ताललाई सन् २००३ मा रामसार सूचीकृत गरिएको छ। )

२१.  संसारको सबैभन्दा होचो भाग मृतसागर कुन महादेशमा पर्छ ?

⇨ एसिया महादेश

(एसिया महादेशमा विश्वको सर्वोच्च शिखर सगरमाथा,  सवैभन्दा ठूलो ताल क्यास्पियन ताल, विश्वकै गहिरो वैकाल ताल, विश्वको सर्वोच्च स्थानमा रहेको ताल तिलिचो ताल, सर्वाधिक होचो भाग मृतसागरलगायत पर्छन्।  )

२२. विश्वको सबैभन्दा सानो चरा कुन हो ?

⇨ वि हमिङ वर्ड

(यस चराको लम्बाइ २.४ इन्च, तौल १.६ ग्राम हुन्छ।  यो चरा प्रतिघण्टा ५४ कि.मि. को गतिमा उड्न सक्छ।  )
२३. फ्रान्सको राज्यक्रान्ति हुँदा त्यहाँका राजा को थिए ?
⇨ लुई सोह्रौँ

(निरंकुश राजतन्त्रको विरोधमा फ्रान्समा भएको भीषण क्रान्ति सन् १९७९ मा भएको थियो।  )

२४. भारतीय स्वतन्त्रता संग्रामका  कति युग छन् ?

⇨ ३ युग

(उद्धारवादी युग, उग्रवादी युग र गान्धी युग यस स्वतन्त्रता संग्रामको परिणामस्वरूप भारत र पाकिस्तान बेग्लाबेग्लै राज्यको रूपमा विकसित र घोषित  हुनुका साथै ब्रिटिस इन्डिया कम्पनीले आफ्नो राजनीतिक अधिकार गुमाउनुपरेको थियो। )
२५. किरातकालका अन्तिम राजा को हुन् ?

⇨ गस्ती

(प्रथम राजा यलम्बर रहेका किरातकालमा ३२ जना राजाहरूले शासन गरेका थिए।  )

२६. नेपाल राष्ट बैंकले आर्थिक वर्ष ०७६/०७७ को मौद्रिक नीतिमा कहिले सार्वजनिक गर्यो ?

⇨ २०७६/०४/०८

(राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले मौद्रिक नीति सार्वजनिक गरेका हुन्।  यस नीतिले बैंकहरूलाई मर्जरका लागि प्रोत्साहन गर्ने कार्यक्रम ल्याएको छ।  )
२७. प्रधानमन्त्री केपी शर्माओलीद्वारा एक वर्षमा ३ देखि ५ करोड बिरुवा रोप्ने अभियानको सुरुवात कहिले भयो ?
⇨ २०७६ असार १४
(हरेक वर्ष असार १४ मा वृक्षारोपण दिवस बनाउने गरी अभियानको सुरुवात भएको हो।  वन मन्त्रालयका अनुसार हाल ७५३ स्थानीय तहहरूमध्ये हाल ३१७ वन विहिन छन्।)

प्रकाशित: १८ श्रावण २०७६ ०२:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App