coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

विभेदविरुद्ध उभिएर

जन्मने रीत एकै हो एकै हो कर्मको गति
सबै समान हो मान्छे शास्त्रको एक सम्मति।’
‘समता’ खण्डकाव्यको श्लोक १५ मा उल्लेख गरिएका यी पंक्तिले जुनसुकै जात वा धर्ममा आश्रित व्यक्ति जन्मने रीत एउटै हो र सबै प्रक्रिया पनि एउटै हो भन्ने दर्शाउँछ। तर, मान्छेभित्र उमेर अर्थात् बोली आएपछि आफ्नो संस्कार खोज्न थाल्छ र आफूले जे सिकेको छ, त्यसैलाई पछ्याउँछ। र, ऊभित्र विस्तारै घमण्ड विकास हुँदै जान्छ। त्यसैको रूप हो– जातीय प्रथा।

साहित्यकार तुलसीप्रसाद भट्टराईद्वारा लिखित ‘समता’ नामक खण्डकाव्यले यसलाई चिर्न खोजेको छ। मानव–मानव बीचको भेदभाव चिर्दै समुन्नत समाज कल्पना गरेको छ। यसले वेद, पुराण, गीता, धर्मशास्त्र, नीतिशास्त्र, बाइबल, कुरान आदीलाई सुक्ष्म अध्ययन गरी मानवताको पक्षमा वकालत गरेको छ। भेदभावविरुद्ध उत्रिन आह्वान गरेको छ। यति मात्र होइन, नेपाली समाजमा उच्च जाति र निम्न जाति, सम्पन्न वर्ग र विपन्न वर्ग, महिला र पुरुष तथा धर्म–धर्म बीचको खाडललाई पुर्ने उद्घोष गरेको छ।

साहित्यकार तुलसीप्रसाद भट्टराईद्वारा लिखित ‘समता’ खण्डकाव्यले सामाजिक विभेद चिर्ने प्रयास गरेको छ।

अहिले कथित दलित जातिलाई धर्मका नाम जोडेर अपमान गरिन्छ। तर, भट्टराईले वेद, पुराण, गीता, धर्मशास्त्र, नीतिशास्त्र, बाइबल, कुरान आदीलाई केलाएर यसलाई उल्टाउने प्रयास गरेका छन्।
नामले भिन्नता होला, भाषामा हुन्छ अन्तर
तर, संसारका सारा धर्म हुन्छन् बराबर ।
न धर्मसँग छुट्टिन्छ, न जातसँग भिन्न छ
छ ईश्वर सधैँ साथ आफूसँगै अभिन्न छ।

पुस्तकमा राखिएका सबै श्लोक पठनीय छन्। यसभित्र मानव अवस्थाको चित्र नै शब्दमा उतारिएको छ। दलितले नै यो खण्डकाव्य लेखेको भए यसलाई भावना मात्र हो भन्न सकिन्थ्यो। तर, बाहुन जातिका लेखकले लेखेका हुन् यहाँ। नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, पूर्वमन्त्री जितु गौतम, साहित्यकारहरू डम्बर पहाडी, तिलकप्रसाद लुईटेल, रमेश शुभेच्छुक, श्याम केसी, कल्पना काफ्ले लगायतले पुस्तकको टिप्पणी गरेका थिए। उनीहरूको निचोड छ, ‘समाजमा दलितका नाममा होच्याउने परम्परा गलत हो। समाज परिवर्तनका लागि यस पुस्तकले महत्वपूर्ण भूमिका खेल्न सक्छ।’

प्रकाशित: ११ श्रावण २०७६ ०३:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App